IME Life New

हिमालयन जनरलले अभिकर्ता तालिम सञ्चालन गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले निर्जिबन बीमा क्षेत्रमा अभिकर्ता भई कार्य गर्न चाहने इच्छुक व्यक्तिका लागि बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ ।

बीमा व्यवसाय अभिवृद्धि गर्न साथै स्वरोजगारको अवसर सृजना गर्ने उद्देश्यका साथ कम्पनीले निर्जीवन बीमाको आधारभुत तालिम सञ्चालन गर्ने भएको छ ।

Esewa
Crest

कम्पनीले चैत्र १९ गते देखि २३ गते सम्म अभिकर्ताको तालिम सञ्चालन गर्ने भएको हुँदा इच्छुक व्यक्ति वा संस्थाका लागि निवेदन दिन आह्वान गरेको छ ।

कम्पनीले आफ्नो केन्द्रिय कार्यालयमा तालिम सञ्चालन गर्न लागेको हो । कम्पनीले ३० जनाको लागि तालिम सञ्चालन गर्ने भएको हो ।

इच्छुक व्यक्ति वा संस्थाले चैत्र १५ गते सम्म कम्पनीको केन्द्रिय कार्यालयमा सम्पर्क गरि सक्नु पर्नेछ ।

निवेदकले आवेदन दिदाँ नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रतिलिपि र हालसालै खिचिएको पासफोर्ट साईजको ४ प्रति फोटो पेश गर्नु पर्ने जानकारी कम्पनीले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS