IME Life New

हिमालयन क्यापिटलको साधारण सभा भदौ २५ गते, यस्ता छन् एजेण्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन क्यापिटल लिमिटेडको चौथो वार्षिक साधारण सभा भदौ २५ गते हुने भएको छ । उक्त सभा कम्पनीले आफ्नै रजिष्टर्ड कार्यालय, ठमेल, काठमाडौंमा बिहान ११ बजे गर्ने जनाएको छ ।

कम्पनीको साउन ३१ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो । कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट सम्पन्न गर्ने कम्पनीले जनाएको छ ।

Esewa
Crest

सभाको प्रस्तावमा भविश्यमा अन्य कुनै मर्चेण्ट बैंकिङ संस्थासँग गाभ्ने गाभिने सम्बन्धी उपयुक्त प्रस्ताव आएमा सो सम्बन्धि सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने, कम्पनीको स्वतन्त्र तथा महिला सञ्चालकको पुनः नियुक्ति गर्ने, मर्चेण्ट बैंकिङ एशोसिएशनमार्फत कोभिड १९ रोकथामको सहयोगार्थ गरिएको अनुदान खर्च अनुमोदन गर्ने रहेको छ ।

साथै, आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS