IME Life New

हिमालयन एभरेष्ट इन्स्योन्सद्धारा ४० प्रहरी वीटलाई स्मार्ट फोन वितरण

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योन्स लिमिटेडले काठमाडौं उपत्यकामा कार्यरत कर्मचारीहरुलाई स्मार्ट फोन वितरण गरेको छ । कम्पनीले ट्राफिक प्रहरी कार्यलय रामशाह पथ काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच ४० थान केआरएटीओएस टेक्नोलोजी स्मार्ट फोन ४० प्रहरी वीटलाई हस्तान्तरण गरेको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाहले प्रहरी नायव महानिरीक्षक पोष राज पोखरेललाई उक्त मोबाइल सेटहरु हस्तान्तरण गरेका हुन् । कम्पनीले आफनो संस्थागत सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत उक्त फोन सेटहरू उपलब्ध गराएको जनाएको छ ।

Crest

विगत ३० वर्ष देखी निर्जीवन बीमा सेवा प्रदान गर्दै आएको यस इन्स्योरेन्सले काठमाडौं उपत्यकामा कार्यरत ट्राफिक प्रहरीहरुको व्यावसायिक क्षमतामा अभिवृद्दि होस भन्ने उद्देश्यका उक्त मोबाइल फोन वितरण गरेको हो ।

उक्त अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतबाट काठमाडौंउपत्यका भित्र वढ्दो सवारी साधनहरु विशेषगरी मोटरसाइकल चोरीका घटना नियन्त्रणमा उक्त टेलिफोन सेटहरुले सहयोग पुरयाउने विश्वाश लिदै कम्पनीले आगामी दिनहरुमा पनि ट्राफिक प्रहरीलाई सहयोग पुर्याउने विश्वास ब्यक्त गरे ।

कार्यक्रममा प्रहरी नायव महानिरिक्षक पोष राज पोखरेलले कम्पनी प्रति धन्यवाद ज्ञापन गर्दै प्राप्त मोवाइल सेटहरुले ट्राफिक प्रहरीलाई अपराध नियन्त्रणमा सहयोग पुग्ने विश्वाश व्यक्त गर्दै आगामी दिनहरुमा पनि कम्पनी र ट्राफिक प्रहरी विचको सहकार्यले निरन्तरता पाउने अपेक्षा रहेको बताए ।

कार्यक्रममा कम्पनीका वरिष्ठ कर्मचारीहरु, प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्र प्रसाद भट्ट लगायत अन्य प्रहरी अधिकृतको उपस्थिती रहेको थियो

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS