IME Life New

हायर पर्चेज कर्जाः नियम मिच्ने कम्पनीको लाइसेन्स खारेजदेखि रु. ५ करोडसम्म जरिवाना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले पहिलोपटक हायर पर्चेज कर्जा दिने कम्पनीका लागि सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी व्यवस्था जारी गरेको छ। यो व्यवस्था कार्यान्वयन गर्न सम्बन्धित निकायहरुलाई राष्ट्र बैंकले निर्देशन पनि दिएको छ।

नयाँ व्यवस्थाअनुसार अब हायर पर्चेज कर्जा प्रवाह गर्ने कम्पनीहरुले अनिवार्य रुपमा ग्राहकको ल्याप्चे सहीछाप तथा बायोमेट्रिक लिनुपर्ने व्यवस्था गरिएका छन्। ग्राहक पहिचान तथा सम्पुष्टि गर्दा सम्पत्ति शुद्धीकरण निवारण नियमावलीको नियम ५ मा तोकिएका कागजात तथा विवरणहरु लिनुपर्ने साथै सम्पत्ति शुद्धीकरण निवारण ऐन, नियमावली तथा यस निर्देशनबमोजिम ग्राहक पहिचान तथा सम्पुष्टि गर्दा सम्बन्धित ग्राहकमा निहित जोखिमका आधारमा थप कागजात तथा विवरणहरु लिन आवश्यक देखिएमा सोसमेत लिनुपर्ने व्यवस्था गरिएको छ।

Esewa
Crest

यसैगरी कुनै प्राकृतिक व्यक्तिको कारोबारमा परिवारबाहेक अन्य कुनै व्यक्ति वास्तविक धनीका रुपमा रहेको शंका लागेमा सोको समेत पहिचान गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ।

राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण निवारण ऐन, नियमावली तथा निर्देशन पालना नगरी हायर पर्चेज कर्जा प्रवाह गर्ने कम्पनी, त्यस्ता कम्पनीका कर्मचारी र तथा पदाधिकारीलाई कारबाही हुने व्यवस्था गरेको छ। नियम पालना नभएको अवस्था, उल्लघंनको मात्रा र सोबाट पर्न सक्ने प्रणालीगत प्रभावलगायतका विषयमा गम्भीर्यताका आधारमा राष्ट्र बैंकले सचेत गराउनेदेखि ५ करोड रुपैयाँसम्म जरिवानाको गर्ने व्यवस्था पनि गरेको छ।

यस्ता छन् नियम मिच्दा पर्ने कारबाहीको विवरण

AML.CFT-Hirepurchase-final

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS