IME Life New

हाईड्रोपावरको बजार मूल्य नाजुक, ४ हाईड्रोको मूल्य ५० मुनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दोश्रो बजारलाई हाईड्रोपावरले लगानीकर्तालाई धोका दिँदै आएको छ । साताको अन्तिम कारोवार दिन श्रावण ८ गते दोश्रो बजारमा कारोवार भएका ३३ वटा हाईड्रोपावर कम्पनीलाई आधार मान्दा अवस्था निकै नाजुक बन्दै गएको देखिन्छ ।

३३ हाईड्रो पावर कम्पनी मध्य चिलिमे हाइड्रोपावरको बजार मूल्य सबै भन्दा धेरै ४०४ रुपैयाँ रहेको छ , त्यस्पस्चात बुटवल पावर कम्पनीको बजार मूल्य ३५८ रुपैयाँ प्रति कित्ता बजार मूल्य बन्द भएको छ।  देशकै ठूलो जलविधुत आयोजना अपर तामाकोशी २३२ रुपैयाँमा कारोवार बन्द भएको छ।

Esewa
Crest

३३ हाईड्रोपावर कम्पनी मध्य १६ वटा हाईड्रोपावर कम्पनीको बजार मूल्य एक सय रुपैयाँ माथि रहेको छ भने बाँकी १७ हाईड्रोपावर कम्पनीको बजार मूल्य अंकित मूल्य एक सय भन्दा पनि मुनी रहेको छ।

अझै ४ हाईड्रोपावरको बजार मूल्य ५० रुपैयाँ प्रति कित्ता भन्दा पनि थोरै रहेको छ। आँखुखोला जलविधुत, दिव्यश्वरी हाईड्रोपावर, खानीखोला हाईड्रोपावर र जोशी हाईड्रोपावरको बजार मूल्य प्रति कित्ता ५० रुपैयाँ भन्दा मुनी रहेको छ।

नोट : श्रावण ८ गतेको बजार मूल्यको आधारमा 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS