IME Life New

हाईड्रोका साना कम्पनीको सेयरमा ठूला लगानीकर्ताको आत्मघाती खेल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सेयर बजारका ठूला खेलाडीले साना र खराब हाईड्रोपावर कम्पनीका सेयरमा आत्मघाती खेल खेलेको खुलासा भएको छ ।
सेयर बजारका ठूला लगानीकर्ताका समूहहरुले हालसालै संकटग्रस्त हाईड्रोका शेयरहरु ठूलो मूल्यमा उठाई बजारमा महंगो मूल्यमा सर्बसाधारण लगानीकर्तालाई भिडाउने रणनीति अपनाएको बताईएको छ ।
सो समूहले संकटग्रस्त हाईड्रोहरु नेशनल हाईड्रो, खानीखोला, घलेम्दी, आँखुखोला जस्ता कम्पनीहरुको सेयर लाखौंको संख्यामा उठाई सर्बसाधारणलाई भिडाउँदखै गरेको बुझिएको छ । सो समूहले सेयर बजारका राम्रा हाईड्रो. कम्पनीहरु चिलिमे, बुटवल पावर र सानिमामाई जस्ता कम्पनीहरुमा भने लगानी नबढाएको बुझिएको छ । यसै कारण ती कम्पनीहरुको सेयर मूल्य खासै बढ्न सकेको छैन ।
साना र खराब कम्पनीहरुको सेयरमा थोरै रकम लगानी गरी दिनहुँ सर्किट लगाएर मूल्य बढाई सर्बसाधारणलाई जोखिममा पारिएको छ ।
सेयर बजारका बारेमा जानकारी राख्नेहरु भन्छन्, त्यसरी कृत्रिम रुपमा माग सिर्जना गरी मूल्य बढाउनाले समग्र सेयर बजार नै समस्यामा पर्ने खतरा छ । राम्रा कम्पनीको मूल्य भने बढ्न नसक्ने तर जसरी भए पनि पैसा कमाउनुपर्छ भन्ने नियत राख्नेहरुले खराब कम्पनीमा मूल्य बढाउने गोप्य रणनीति अख्तियार गर्दा सर्बसाधारणमा सेयर बजारप्रति नै नकारात्मक धारणा बन्न गएको छ ।
सो समूहले अझे केही दिन हाईड्रोको मूल्य उचाल्ने र सर्बसाधारणलाई महंगोमा सेयर भिडाई आफुहरु बाहिर निस्कने रणनीति बनाएको बुझिएको छ । यसबाट सतर्क रहेर कम्पनीको आधारभुत अबस्था र आफ्नो जोखिमबहन क्षमता हेरी लगानी गर्नुपर्ने आबश्यकता देखिएको जानकारहरु बताउँछन् ।
सेयर बजारमा भएको पछिल्लो खेलबारे नेपाल धितोपत्र बोर्ड समेत जानकार रहेको र सर्बसाधारण लगानीकर्ताहरु नफसुन भनेर उसले हालै सार्वजनिक आब्हान गरी सु्रक्षित लगानी सम्बन्धी निर्देशनहरु जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS