IME Life New

हवाई सुरक्षामा कुनै सम्झाैता नगरेको श्री एयरलाइन्सको दाबी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । श्री एयरलाइन्सले हवाई सुरक्षामा सम्झौता गरेको भन्दै केही आम सञ्चारमाध्यमले भ्रामक समाचार प्रकाशन गरेकोमा ध्यानाकर्षण भएको जनाएको छ। एयरलाइन्सले मंगलबार एक विज्ञप्ती जारी गर्दै नागरिक उड्ययन प्राधिकरणको उडान सुरक्षा प्रणाली सम्बन्धि परिक्षणमा एयरलाइन्सको अवस्था सन्तोषजनक रहेकोमा भ्रममा नपर्न सर्वसाधारणसँग अनुरोध गरेको छ।

नियमनकारी निकाय प्राधिकरणले समग्र उडान सुरक्षा प्रणाली सम्बन्धि २०२३ का लागि गरेको परिक्षणमा एयरलाइन्सको पालना दर ७४.६२ प्रतिशत रहेको एयरलाइन्सले विज्ञप्तीमार्फत जानकारी दिएको छ। अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठनको मापदण्ड अनुसार न्यूनत्तम ६० प्रतिशत पालना गर्ने वायू सेवा कम्पनीको उडानलाई सुरक्षित मानिन्छ।

Esewa
Crest

प्राधिकरणले वार्षिक तालिका अनुसार तथा आकस्मिकरूपमा समेत उडान सुरक्षाको जाँच गर्दै आएकोमा एयरलाइन्सको तर्फबाट पूर्ण सहयोग उपलब्ध गराइएको प्रवक्ता अनिल मानन्धरले विज्ञप्तीमार्फत् जानकारी दिएका छन् ।

प्राधिकरणले प्रकाशन गरेको सन् २०१३ देखि २०२३ सम्मको उडान सुरक्षा सम्बन्धि एकीकृत प्रतिवेदनमा सुगम उडानमा मानवीय क्षति सहितका घटना  तथा दुर्घटना दर अति शुन्य रहेको उल्लेख भएकाले सुगम क्षेत्रको उडान सुरक्षित रहेको पुष्टी हुने आधार रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ।

एयरलाइन्सले संवेदनशील हवाइ उड्ययन सेवाका सम्बन्धमा समाचार प्रकाशन गर्दा सत्यतथ्यका आधारमा समाचार प्रकाशन गर्न समेत अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS