IME Life New

हवाइ यात्रुको बिमा बढ्ने, एक लाख १२ डलर बनाइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ बैशाख १६: सरकारले हवाइ यात्रुको बिमा बढाउने ‘मन्ट्रेयल कन्भेन्सन’लाई अनुमोदन गर्न संसदमा पठाउने भएको छ। संस्कृति तथा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आइकाओको मन्ट्रेयल कन्भेन्सनलाई अनुमोदन गर्ने तयारी गरेको हो। यो खबर हामीले आजको कारोबार दैनिकबाट लिएका हौ।

नेपालले मन्ट्रेयल कन्भेन्सनमा प्रतिबद्धता जनाए पनि हालसम्म संसदबाट अनुमोदन नहुँदा ६० वर्षदेखि  एउटै बिमा रकम कायम हुँदै आएको छ र हवाई दुर्घटनामा मृत्यु हुने आफन्तका परिवारले थोरै मात्र बिमाको रकम पाउँदै आएका छन्।

Esewa
Crest

संसदबाट अनुमोदन भएमा १ लाख १२ हजार १ सय डलर कम्तिमा पुनर्बिमा कम्पनीबाट क्षतिपूर्ति पाउनेछन्। हाल भने प्रतिव्यक्ति २० हजार डलर मात्रै रहेको छ।

ठूला देशहरुले वार्सा कन्भेन्सनलाई कार्यान्वयनमा लगेका छन्, जसमा बिमा रकम १ लाख ५० हजार डलर रहेको छ। तर नेपालले भने सन १९५५ को हेग प्रोटोकल कार्यान्वयनमा राखेको छ।

‘हाम्राे ढिलासुस्तीले अनुमोदन नहुँदा पीडित परिवारलाई झन पीडा दिने काम भइरहेकाले अब तत्काल संसदमा टेबुल हुनेछ,’ मन्त्री रवीन्द्र अधिकारीले भने। अब बस्ने संसदमै यो विषयको अनुमोदन हुने दाबीसमेत मन्त्रीअधिकारीले गरे।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS