IME Life New

हरियाली छाएको बजारमा यो साता यी १० कम्पनीले बनाए लगानीकर्तालाई मालामाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यो साता शेयर बजार ५ दिन कारोबार भएको छ। जसमा ४ दिन बजार बढ्दो भने १ दिन घटेको छ।

शेयर बजार यो साता ६७.७८ अंक अर्थात ३.३० प्रतिशतले २११९.७० बन्द भएको छ। अघिल्लो साता शेयर बजार २०५१.९२ को विन्दुमा बन्द भएको थियो।

Esewa
Crest

यो साता व्यापार उपसमूहमा सर्वाधिक चमक देखिएको छ। यो उपसमूह ९.८१ प्रतिशतले बढेको छ। यो साता सबै उपसमूहमा हरियाली छाए पनि दोस्रो धेरै बढ्ने उपसमूहमा विकास बैंक समूह ८.८९ प्रतिशतले र तेस्रोमा वित्त समूह ७.११ प्रतिशतले बढेका छन्।

बढेको बजारमा यो साता बजार पुँजीकरण पनि ३.३३ प्रतिशतले बढेको छ। गत साता नेप्सेको बजार पुँजीकरण ३२ खर्ब ५३ अर्ब ७४ करोड रुपैयाँ रहेकोमा यो साता बढेर ३३ खर्ब ६२ अर्ब २१ करोड रुपैयाँ पुगेको छ। यो साता शेयर लगानीकर्ताको सम्पत्ति १ खर्ब ८ अर्ब रुपैयाँले बढेको छ।

यी हुन् यो साता सर्वाधिक रिटर्न दिने कम्पनीहरु (प्रतिशतमा)

  • आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको संस्थापक शेयरः ६४.८७ प्रतिशत
  • आईसीएफसी फाइनान्सः १८.५९ प्रतिशत
  • मञ्जुश्री फाइनान्सः १६.९४ प्रतिशत
  • सप्तकोशी डेभलमेन्ट बैंकः १६.३९ प्रतिशत
  • समाज लघुवित्तः १६.२६ प्रतिशत
  • सेन्ट्रल फाइनान्सः १५.९९ प्रतिशत
  • कर्पोरेट डेभलमेन्ट बैंकः १५.४६ प्रतिशत
  • एक्सल डेभलमेन्ट बैंकः १४.९२ प्रतिशत
  • ग्रीन डेभलपमेन्ट बैंकः १४.३२ प्रतिशत
  • आरम्भ चौतारी लघुवित्तः १३.५३ प्रतिशत

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS