IME Life New

स्वास्थ्य बीमा बोर्डमा जागिर खुल्यो, १४३ जनालाई अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले थुप्रै संख्यामा जनशक्ति पदपूर्ति गर्ने भएको छ। बोर्डले आज एक सूचना प्रकाशित गरी करार सेवामा कुल १४३ जना दर्ता अधिकारी पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो।

यो कुल संख्यामा यसअघि बोर्डलेगत वैशाख १४ गते र वैशाख १९ गते ७ दिन म्याद थप भएको अवधिमा दरखास्त आह्वान गरेको ५५ जना दर्ता अधिकारी पदपूर्ति पनि समेटिएको छ। त्यतिबेला दरखास्त पेस गर्ने आवेदकहरुको गत असार २ गते लिखित परीक्षामा त्रुटि पाइएको लिखित परीक्षा रद्द गरिएको थियो। आज सूचनामा त्यतिबेलाका आवेदकहरुले पुनः दरखास्त पेस गर्नुपर्ने छैन। सोही दरखास्त र दस्तुरलाई यथवात कायम राखी पुनः हुने परीक्षा सहभागी हुने व्यवस्था मिलाइने बोर्डले स्पष्ट पारेको छ।

Esewa
Crest

यो पाँचौँ तहको पद हो। यो पदमा मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक तह उत्तीर्ण भएकाहरुले मात्रै दरखास्त दिन सक्नेछन्। स्वास्थ्य बमिा कार्यक्रम लागू भएका जिल्ला तथा स्थानीय तहमा गएर काम गर्नुपर्नेछ।

दरखास्त दिने अन्तिम मितिसम्म उम्मेदवार १८ वर्ष पूरा गरी ३५ वर्ष ननाघेको हुनुपर्नेछ। महिलाको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ।

दरखास्त काठमाडौंको बबरमहलस्थित स्वास्थ्य बीमा बोर्डको कार्यालयमा पेस गर्नुपर्नेछ। दरखास्त दस्तुर ५०० रुपैयाँ लाग्नेछ। उम्मेदवारले आवश्यक कागजातसहित चैत १६ गतेभित्र दरखास्त पेस गर्नुपर्नेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

13%
happy

खुसी

40%
sad

दु :खी

13%
amazed

अचम्मित

20%
excited

उत्साहित

13%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS