IME Life New

स्वर्गद्वारी नगरपालिकाका सबै कर्मचारीको दुर्घटना बीमा गराउँछौंः नगर प्रमुख भण्डारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले प्युठानको स्वर्गद्वारी नगरपालिकामा बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । प्राधिरकणले उक्त कार्यक्रम वैशाख २० गते विहीबार सम्पन्न गरेको हो ।

कार्यक्रमको सभापतित्व नेपाल बीमा प्राधिकरणका उप निर्देशक राजेन्द्र महर्जनले गरेका थिए । कार्यक्रमको प्रमुख अतिथीमा नगर प्रमुख टेक प्रसाद भण्डारी रहेको थिए । विशेष अतिथीमा नगर उप प्रमुख मिनराज राना मगर रहेका थिए । अतिथीमा प्रमुख प्रशासकीय अधिकृत भोज वहादुर भण्डारी रहेका थिए ।

Esewa
Crest

कार्यक्रममा नगरपालिकाका नगरप्रमुख भण्डारीले नगरपालिकाको कर्मचारीहरुको दुर्घटना बीमा गराउनका लागि आगामी बजेटमार्फत आवश्यक कार्यक्रम ल्याइने घोषणा गरे । उनले कुनै पनि दुर्घटना अनिश्चित हुने भएकाले सबैले बेलैमा सजग भएर बीमा गर्नुपर्ने बताए ।

कार्यक्रममा सहभगाीहरूले कृषि बीमा गर्न असहज भएको, प्युठानमा कृषि बीमाको लागि तोकिएको कम्पनीले कृषि बीमाको लागि सहजिकरण नगरेको, बीमा दावी भुक्तानी झन्झटिलो भएको, दाबी प्रक्रिया लामो भएको, जीवन बीमा अभिकर्ताले विभिन्न प्रलोभनमा पारी बीमा पार्सफुल्ली गराएको लगायतका गुनासोहरु राखेका थिए ।

प्राधिरकणका उपनिर्देशक महर्जनले सहभागीहरुबाट उठेको विभिन्न प्रश्नहरुको जवाफ दिए । उनले विभिन्न प्रलोभनमा पारी बीमा गराउने अभिकर्तालाई प्राधिकरणको केन्द्रीय कार्यालय तथा प्रादेशिक कार्यालयमा जानकारी गराउने, बीमा गर्न असहज भएको खण्डमा बीमा प्राधिकरणमा जानकारी गराउनु भन्ने जानकारी दिए ।

उनले विपन्न वर्गमा बीमाको पहुँच र्पुयाउनका लागि स्थानीय पालिकाको महत्वपूर्ण योगदान हुने भएकाले प्राधिकरणले पालिकासँग सहकार्य गरिरहेको बताए । उनले बीमा दाबी सम्बन्धमा सर्वसाधारणको गुनासो सम्बोधन गर्नका लागि प्राधिकरणले साना बीमा दाबीको अधिकार प्रदेश प्रमुख र शाखा कार्यालय प्रमुखलाई बीमा दाबीको अधिकार प्रत्यायोजन गर्न निर्देशन दिएको जानकारी दिए ।

कार्यक्रममा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका लुम्बिनी प्रदेश प्रमुख विश्व दिपक नेपालले बीमा अपरिहार्य रहेको बताए । उनले सबै मानिसले आफ्नो घर, सम्पत्तीको बीमा अनिवार्य गर्नुपर्ने धारण राखेका थिए । तपाई एक दिन बीमाको लागि छुटाउनुहोस, तपाईलाई बीमाले बाँकी ३६४ दिन सुरक्षा गर्छ, उनले भने,‘राज्यको बजेट राहत अनुदान वितरणमा भन्दा पनि बीमा गर्ने वातावरण बनाईदिए जनतालाई सहज हुनेथियो ।

बीमा प्राधिकरणका तथ्यांकशासत्री बसन्त बोहोराले बीमा प्राधिकरणको काम कर्तव्य, निती , नियम, विभिन्न बीमालेख लगायतका बीमाको बारेमा जानकारी दिएका थिए ।

कार्यक्रमको संचालन बीमा प्राधिकरणका सहायक निर्देशक शम्भु मिस्रले गरेका थिए । उनले बीमाको महत्व, बीमा सम्बन्धी विभिन्न जानकारी मुलक प्रस्तुती, बीमाको फाइदा लगायत आगामी बजेटमा बीमा समेटिनुपर्ने धारण व्यक्त गरेका थिए ।

कार्यक्रममा वडा अध्यक्ष, कार्यपालिकाका सदस्य, सहकारी, कृषि विभाग, शिक्षक, बीमाकर्मी लगायत स्थानीयहरुको बाक्लो उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS