IME Life New

स्मार्ट सिटीको अवधारणा कार्यान्वयन प्रकृया अघि बढाउन महालेखाको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महालेखा परिक्षकको कार्यालयले काठमाडाैं उपत्यकाभित्र प्रस्तावित तीन व्यवस्थित शहरी योजना अघि बढाउन सरोकारवाला निकायलाइ निर्देशन दिएको छ । महालेखा परिक्षकको कार्यालयले एकसाठिऔं वार्षिक प्रतिवेदनमार्फत् यस्तो निर्देशन जारी गरेको हो ।

पाँच वर्ष अघि उपत्यकाभित्र तीनवटा व्यवस्थित शहर निर्माणको अवधारणामा अघि सारिएको स्मार्ट सिटी अझै पनि अलपत्र रहेको छ । काठमाडाैंको साँखु, भक्तपुरको दधिकोट र ललितपुरको खोकनादेखि चोभारसम्मको क्षेत्र समेटिएको छ ।

Esewa
Crest

स्मार्ट सिटी निर्माणका लागि सरकारले जग्गा जाँचपास र किनबेचमा रोक लगाएकाले जग्गाधनी किसान र सर्वसाधारणले पैसाको गर्जो टार्नका लागि आफ्नो सम्पत्ती किनबेच गर्न पाएका छैनन् । स्मार्ट सिटी निर्माण गर्ने नगर्ने सम्बन्धमा सरकारी अवधारणा प्रष्ट हुन नसक्दा यो अवधारणा कति वर्षमा कार्यान्वयनमा आउनेछ भन्ने अझैसम्म टुङ्गो लाग्न सकेको छैन । अन्याैलताको अवस्था कायम छ ।

नेपाल सरकारले काठमाडौँ उपत्यकाको बस्ती व्यवस्थापन गर्न २०७५ वैशाख २५ गते स्मार्ट सिटीको अवधारणा स्वीकृत गरेको थियो । बाहिरी चक्रपथको कार्य सम्पादन अवस्था यकीन भई नसकेको अवस्थामा सोही क्षेत्रको अधिकांश भू भाग समेट्ने गरी काठमाडौँ उत्तरपूर्वमा १ लाख रोपनी, काठमाडौँ उत्तरमा १० हजार रोपनी, ललिपुर र भक्तपुरमा १०/१० हजार रोपनी क्षेत्रमा ४ स्मार्ट सिटीको आयोजना अघि बढाउने लक्ष्य रहेको छ। स्मार्ट सिटीको प्रारम्भिक आयोजना प्रतिवेदनको तयारीमा १६ करोड २६ लाख ५३ हजार रूपैयाँ खर्च भएकोमा कुनै पनि योजना कार्यान्वयनमा आएको छैन।

महालेखाको एकसाठिऔं वार्षिक प्रतिवेदनमा उल्लेख छ, ”वषौँसम्म योजना कार्यान्वयन नहुँदा समय र लागत बढ्ने हुनाले कार्यान्वयन प्रकृया अगाडी बढाउनुपर्छ।”

प्रस्तावित स्मार्ट सिटी क्षेत्रः

प्रारम्भिक संभाव्यता अध्ययनमा शहरी विकास मन्त्रालयले स्मार्ट सिटी एक लाख रोपनी जग्गा मूलपानीको क्रिकेट मैदानबाट साँखु जाने मूल सडक तथा शाली नदी पुलबाट तेलकोट हुँदै खरिपाटीसम्म र खरिपाटीस्थित नेपाली सेनाको ब्यारेकलाई बाहिर पार्दै भक्तपुरको तिखलापखो आयोजना, बोडे, मनोहरा हुँदै पुनः मूलपानी क्रिकेट मैदानलाई समेटिनेएको ।

दोस्रो स्मार्ट सिटी अन्तर्गत भक्तपुरको सूर्यविनायक जंगलको फेदी हुँदै ललितपुरको लामाटार खोला, बालकोट, अरनिको राजमार्ग र कौशलटार भएर पुनः सूर्यविनायकसम्म जोडिने गरी क्षेत्र समेटिएको छ । यो क्षेत्रमा १० हजार रोपनी जग्गा आवश्यक पर्ने प्राधिकरणले जनाएको छ ।

तेस्रो स्मार्ट सिटी अन्तर्गत खोकना, बुङमती, सैंबु, वाग्मती झोलुंगे पुल, चोभारसम्मको क्षेत्रलाई समेटिएको छ । चौथो स्मार्ट सिटीका लागि तारकेश्वर जाने मूल बाटो सिम्लेश्वर र त्यहाँबाट झोर हुँदै फूलबारीमार्ग, टोखा बाइपाससम्मको क्षेत्र समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS