IME Life New

स्टक डिलर कम्पनीको कार्यविधि नेप्सेद्वारा स्वीकृत, २० करोडभन्दा कम पुँजि भएका कम्पनीको शेयर किन्न नपाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली शेयर बजारमा चलखेल रोक्ने उद्देश्यले अघि बढाइएको नेपाल स्टक डिलर कम्पनी सञ्चालनको लागि आवश्यक कार्यविधि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले स्वीकृत गरेको छ । नेप्सेले आगामी भदौं १ गतेबाट सञ्चालनमा आउने गरी स्टक डिलरको कार्यविधि स्वीकृत गरेको हो ।

कार्यविधि अनुसार नेपाल स्टक डिलर कम्पनीले तीन वर्षदेखि नाफामा रहेको, लगानीकर्ताहरूको संख्या कम्तीमा १० हजार रहेको, चुक्ता पुँजी २० करोड रुपैयाँभन्दा बढी भएको र विगत एक वर्षको कारोबार दिनमध्ये कम्तीमा ८० प्रतिशत दिनमा कारोबार भएका कम्पनीहरुको शेयर खरिद गर्न सक्ने व्यवस्था गरिएको छ ।

Esewa
Crest

स्टक डिलरले खरिद वा बिक्री कारोबार संचालनका लागि नेप्सेले दिएको स्वचालित अनलाइन प्रणालीको प्रयोग गरी कारोबार संचालन गर्नुपर्ने जनाएको छ । स्टक डिलरले सिधैं बजारबाट शेयर खरिद गर्न पाउने व्यवस्था गरिएको छ । कार्यविधि अनुसार दैनिक नेटवर्थको दैनिक ६० प्रतिशत शेयर खरिद गर्न पाउने छ । त्यस्तै, आठ अर्ब रुपैयाँ वा सोभन्दा बढी चुक्ता पुँजी भएका कम्पनीहरूको ५० हजार कित्ता, ५ अर्बभन्दा माथि चुक्ता पुँजि भएका कम्पनीको ४० हजार कित्ता, २ अर्ब रुपैयाँभन्दा चुक्ता पुँजी भएको कम्पनीको ३० हजार कित्ता, १ अर्ब रुपैयाँभन्दा बढि चुक्ता पुँजि भएको कम्पनीको २५ हजार कित्ता, ५० करोड भन्दा बढि चुक्ता पुँजी भएका कम्पनीको २० हजार कित्ता, २० करोड रुपैयाँभन्दा बढी चुक्ता पुँजी भएको कम्पनीको १० हजार कित्तासम्म मात्र सेयर खरिद गर्न पाउने व्यवस्था गरिएको छ । सो व्यवस्था अनुसार २० करोड रुपैयाँ भन्दा कम चुक्ता पुँजि भएको कम्पनीको शेयर स्टक डिलरले खरिद गर्न पाउने छैन ।

कार्यविधि अनुसार स्टक डिलरले शेयरको राफसाफ सिडीएससीको प्रणाली मार्फत गर्नुपर्नेछ । हालको सिडिएसको सिष्टममा केही अपग्रेड भने गर्नुपर्नेछ । स्टक डिलर कम्पनीले नेपाल धितोपत्र बोर्डको अनुमतिमा मात्रै कारोबार सुरु गर्नेछ । बोर्डले स्टक डिलरलाई कारोवार अनुमति दिन तयारी अवस्थामा भएपनि प्राविधिक कुराहरु मिलाउने केही काम भने बाँकी रहेको कम्पनीका प्रबन्ध सञ्चालक इन्द्र कुमार कट्टेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS