IME Life New

सेयरको समेत बीमा गर्न अर्थमन्त्री खतिवडाको सुझाब

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं : २१औं अन्तर्राष्ट्रिय बीमा सम्मेलन काठमाडौंमा मंगलबार देखि शुरु भएको छ । दुइदिन सम्म चल्ने सम्मेलनको मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गरे । उद्घाटन शत्रलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले अब सेयरको समेत बीमा हुनु पर्ने धारणा व्यक्त गरे ।

अर्थमन्त्री खतिवडाले नाफा कमाउने भन्दै बीमा कम्पनीहरुले पुँजी बजारमा प्रवेश गर्नु भन्दा पनि पुँजी बजारमा भएको पुँजीको समेत बीमा कम्पनीहरुले बीमा गर्नु पर्ने बताए । ‘पुँजी बजारमा जोखिम पनि छ’, अर्थमन्त्री खतिवडाले भने, ‘जोखिम बोक्ने बीमा कम्पनीको काम नै हो यसर्थ पुँजी बजारमा भएको पुँजीको समेत बीमा गरिनु पर्छ ।’ अन्तर्राष्ट्रिय स्तरमा पनि सेयरको बीमा हुने गरेको उनले बताए ।

Esewa
Crest

पछिल्लो समय विश्वमै साइबर अपराध बढ्दै गएको भन्दै उनले बीमा क्षेत्रमा हुने साइबर अपराधलाई रोक्ने किसिमको प्रविधि भित्राउने पर्ने समेत बताए । बीमा सम्मेलन नेपालमा आयोजना हुनु खुसीको कुरा भएको भन्दै अर्थमन्त्री खतिवडाले सम्मेलन सफलताको कामना गरे ।

उद्घाटन शत्रमा समापन मन्तव्य राख्दै बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाँईले लामो धेरै लामो समय पछि नेपालमा अन्तर्राष्ट्रिय बीमा सम्मेलन आयोजना गर्न पाएको भन्दै खुसी व्यक्त गरे ।  २१ औं सम्मेलनले एआईआरडीसीमा आवद्ध मुलुकहरुको बीमा बजार सुधारका लागि महत्वपूर्ण भूमिका खेल्ने दावी गरे ।

कार्यक्रममा नेपाल राष्ट्र बैंका गभर्नर डा. चिरञ्जीवि नेपाल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्की समेतको उपस्थिति थियो ।  सम्मेलनमा बीमा तथा पुनर्बीमा क्षेत्रका समस्या र समाधानका विषयमा विविध छलफल हुने बताइएको छ ।

सम्मेलनमा सहभागी हुन १८ मुलुकका ३ सय बढी प्रतिनिधिहरु काठमाडौं आएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । सम्मेलन काठमाडौं घोषणापत्र जारी गर्दै बुधबार समापन हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS