IME Life New

सेबोन अध्यक्षका उम्मेदवारको अन्तर्वार्ता भोलि, पुँजी बजार विज्ञलाई नियुक्त गर्न माग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षका लागि सर्टलिस्टमा परेका उम्मेदवारहरुको अन्तवार्ता भोलि आइतबार हुने भएको छ।

अध्यक्ष नियुक्तिका लागि सिफारिस गर्न गठित राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ नेतृत्वको समितिले सर्टलिस्टमा परेका उम्मेदवारहरुको अन्तर्वार्ता तथा व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण गर्न लागेको हो। भोलि बिहान ९ बजेबाट राष्ट्रिय योजना आयोगको सभाहलमा अध्यक्ष उम्मेदवारहरुको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता हुने अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले जनाएको छ।

Esewa
Crest

अन्तर्वार्ता र कार्ययोजना प्रस्तुतीकरणपछि समितिले तीनजनाको नाम छनोट गरी अर्थ मन्त्रालयलाई सिफारिस गर्नेछ। अनि अर्थ मन्त्रालयले ती तीनजनामध्ये एकजनाको नाम धितोपत्र बोर्डको अध्यक्षमा नियुक्तिका लागि मन्त्रिपरिषद् सिफारिस गर्नेछ। त्यसपछि मन्त्रिपरिषदको बैठकले धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति गर्नेछ।

सिफारिस समितिले आवेदन दिएका १९ जनामध्ये ५ जनाको नाम गत चैत २५ गते सर्टलिस्ट गरेको थियो। सर्टलिस्टमा पर्नेहरुमा धितोपत्र बोर्डका कार्यकारी निर्देशकद्वय नवराज अधिकारी र मुक्तिनाथ श्रेष्ठ, नेपाल स्टक एक्सचेन्ज (नेप्से)का सीईओ कृष्णबहादुर कार्की, तत्कालीन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईं र सन्तोषनारायण श्रेष्ठ छन्।

यसैबीच शेयर बजारका लगानीकर्ताका संघसंगठनहरुले पुँजीबजार बुझेका व्यक्तिलाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गर्न माग गरेका छन्। जनरल इन्भेस्टर एसोसिएसन, नेपाल शेयरधनी संघ, नेपाल धितोपत्र लगानीकर्ता संघ र साधारण लगानीकर्ता संघ नेपालले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन्।

धितोपत्र बोर्ड एउटा स्वायत्त निकाय हुनु जरुरी विज्ञप्तिमा उललेख ‘संवेदनशील निकायमा पार्टीगत भागबन्डा, पैसा र शक्तिको आडमा गरिने यस्ता कार्यले स्वच्छ लगानीको वातावरण सिर्जना गर्न सक्दैन’, विज्ञप्तिमा भनिएको छ, ‘अनुभवी, स्वतन्त्र, राष्ट्रिय, अन्तर्राष्ट्रिय पुँजी बजारसम्बन्धी राम्रो ज्ञान भएकाले विज्ञ व्यक्तिलाई सरकारले यथाशक्य बार्डमा नियुक्ति गरोस् अन्यथा पुँजी बजारमा संलग्न आमलगानीकर्ता सरकारको गलत काम कारबाहीलाई टुलुटुलु हेरेर बस्न नसक्ने र तथ्यगत प्रमाणका आधारमा आवश्यक कदम चाल्न बाध्य हुने कुरा अवगत गराउँछौँ।’

धितोपत्र बोर्ड गत पुस महिनादेखि अध्यक्षविहीन र यति लामो अवधिसम्म धितोपत्र बोर्डजस्तो संवेदनशील नियमक निकायमा नेपाल सरकारले अध्यक्ष नियुक्ति गर्न नसक्नु लज्जाको विषय भएको विज्ञप्तिमा उल्लेख छ। ‘हाल आएर विभिन्न पत्रपत्रिका एवं सञ्चारमाध्यममा धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको विषयलाई लिएर ठूलो आर्थिक चलखेल भएको कुरा सार्वजनिक भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘केही व्यावसायिक घरानाका व्यक्ति आफ्नो निहीत स्वार्थका लागि धितोपत्र बोर्डका अध्यक्षमा आफ्नो नजिकको मान्छे नियुक्ति गर्न सरकारलाई दबाब दिएको भन्ने सुन्नमा आएकोले यसमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS