IME Life New

सेबोनको बोर्ड सदस्यमा एफएनसीसीआई र आईक्यानका प्रतिनिधिलाई नराख्न प्रस्ताव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को सञ्चालक समितिबाट नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)का प्रतिनिधि हटाउन प्रस्ताव गरिएको छ।

प्रतिनिधिसभामा दर्ता भएको धितोपत्रसम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा यस्तो प्रस्ताव गरिएको हो। स्वार्थ बाझिने भएकोले धितोपत्र बोर्डको सञ्चालक समितिमा एफएनसीसीआई र आईक्यानका प्रतिनिधिलाई सदस्य बनाउन नहुने विधेयकमा प्रस्ताव गरेको छ।

Esewa
Crest

हालको ऐनमा एफएनसीसीआई र आईक्यानका प्रतिनिधिलाई धितोपत्र बोर्डको सञ्चालक समितिमा सदस्य नियुक्त गर्ने व्यवस्था रहेको छ। विधेयकमा यो व्यवस्था हटाइएको छ।

स्वार्थ बाझिने सक्ने अवस्थालाई न्यूनीकरण गर्न ती संस्थाका प्रतिनिधिलाई बोर्ड सदस्य नहुने व्यवस्था गर्न आवश्यक भएको विधेयकमा उल्लेख छ। एफएनसीसीआई उद्योगी–व्यवसायीको छाता संगठन हो भने आईक्यान कम्पनीहरुको लेखापरीक्षण गर्ने निकायहरुको संगठन हो। यी दुवै संस्था प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा धितोपत्र बजारमा संलग्न रहने हुनाले ती संस्थाहरुका प्रतिनिधिलाई धितोपत्र बोर्डको सञ्चालक समितिमा सदस्यका रुपमा नियुक्त गर्न नमिल्ने विधेयक उल्लेखित व्यवस्थाले प्रस्ट पारेको छ।

हाल धितोपत्र बोर्डको सञ्चालक समितिमा एफएनसीसीआईबाट सुरकृष्ण वैद्य र आईक्यानबाट प्रविणकुमार झा सदस्य छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS