IME Life New

सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिप आजदेखि सुरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४ /२५ अन्तर्गत पाँचौं प्रतियोगिता सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिप आजदेखि गोकर्ण गल्फ क्लबमा सुरु हुँदैछ। चार दिन सम्म चल्ने ७२ होलको प्रतिस्पर्धामा ३० प्रोफेसनल र १० एमेच्योर गरी कुल ४० गल्फरले दाबेदारी प्रस्तुत गर्नेछन्।

नेपाल नम्बर एक प्रोफेसनल गल्फर भुवन नगरकोटी सँगै यो सिजन उत्कृष्ट फर्ममा रहेका निरज तामाङ, रबि खड्का, दिनेश प्रजापति, जयराम श्रेष्ठ, धन थापा र सञ्जय लामालाई प्रमुख दाबेदारको रूपमा हेरिएको छ।

Esewa
Crest

प्रो गल्फरहरूलाई नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य र राहुल विश्वकर्माले कडा चुनौती दिने संभावना रहेको छ। ३६ होलको समाप्तीमा कट लागु हुनेछ। शीर्ष २१ खेलाडीले बाँकी ३६ होलको लागि स्थान सुरक्षित गर्नेछन्।

प्रतियोगिताको कुल नगद पुरस्कार राशी ८ लाख ८२ हजार रुपैयाँ रहेको छ। विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रो हुने खेलाडीले ७५ हजार प्राप्त गर्नेछन्। शीर्ष २१ स्थान सम्म प्राप्त गर्ने प्रोफेसनल गल्फरले नगद पुरस्कार प्राप्त गर्ने नेपाल प्रोफेसनल गल्फ एसोसिएसन ९एनपिजिए० का महासचिब दिपक आचार्यले बताए।

नेपाल प्रोफेसनल गल्फ एसोसिएसन एनपिजिएका अध्यक्ष रवीन्द्र मान श्रेष्ठले भने, “खेलको स्तर निरन्तर सुधार भइरहेको छ र यस वर्ष एमेच्योर तथा प्रोफेसनल दुवै खेलाडीको प्रदर्शन रोमाञ्चक रहेको छ। यस्तो कडा प्रतिस्पर्धा खेलको विकासका लागि निकै महत्वपूर्ण हुनेछ।” साथै, उनले खेलकुदको निरन्तर प्रायोजनका लागि सूर्य नेपाल प्रा। लि। प्रति आभार व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS