IME Life New

सूर्यज्योति लाइफको ८ लाख बढी कित्ता शेयर बिक्री गर्दै एनआईसी एसिया बैंक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौ । एनआईसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर बिक्रीमा राखेको छ। एनआईसी एसिया बैंकले सूर्यज्योति लाइफको ८ लाख १ हजार ४७६ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो।

हाललाई सूर्यज्योति लाइफका संस्थापक शेयरधनीहरुले मात्र बिक्रीमा राखिएको शेयर खरिदका लागि निवेदन दिन सक्नेछन्। यसका लागि ३५ दिनको समय दिइएको छ।

Esewa
Crest

बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २०८ रुपैयाँ तोकिएको छ। यसको अर्थ शेयर खरिदका लागि निवेदन दिँदा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

इच्छुक संस्थापक शेयरधनीले काठमाडौंको थापाथलीस्थित कम्पनीको शेयर रजिस्ट्रा एनआईसी एसिया क्यापिटलमा शेयर खरिदका लागि निवेदन दिन सक्नेछन्। तोकिएको मितिभित्र संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री गरिने बैंकले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS