IME Life New

सूर्यज्योति लाइफको ३ लाख कित्ता शेयर बिक्री गर्दै एनआईसी एसिया बैंक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्स शेयर आज असार ४ गतेबाट बिक्रीमा राखिएको छ। बैंकले सूर्यज्योति लाइफ इन्स्योरेन्सको ३ लाख कित्ता संस्थापक शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको हो।

बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २१० रुपैयाँ तोकिएको छ। यसको मतलब लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

Esewa
Crest

बिक्रीमा राखिएको शेयरमा विद्यमान संस्थापक शेयरधनीका साथै जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्। खरिद आवेदन यही असार ११ गतेसम्म दिन सकिनेछ।

इच्छुक लगानीकर्ताले बोलपत्र काठमाडौंको थापाथलीस्थित एनआईसी एसिया क्यापिटलको कार्यालयका साथै एनआईसी एसिया बैंकको थापाथलीस्थित कर्पोरेट कार्यालय तथा शाखाहरु विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेतमा पेस गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS