IME Life New

सूर्यज्योति लाइफको झन्डै ९ लाख कित्ता शेयरमा खरिद आवेदन दिने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एसिया बैंकले सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीमा रहेको आफ्नो स्वामित्वको झन्डै ९ लाख कित्ता शेयरमा खरिद आवेदन दिने आज माघ ४ गते अन्तिम दिन रहेको छ।

एनआईसी एसिया बैंकले गत पुस २५ गतेबाट सूर्यज्योति लाइफको ८ लाख ९३ हजार ८२५ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो। यो शेयरमा आज बैंकिङ समयसम्म खरिद आवेदन दिन सकिनेछ।

Esewa
Crest

बिक्रीमा राखिएको शेयरमा प्रचलित कानुनबमोजिम योग्य लगानीकर्ताले शेयर खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्। शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १५९ रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

बोलपत्र काठमाडौंको थापाथलीस्थित एनआईसी एसिया क्यापिटलका साथै एनआईसी एसिया बैंकको कर्पोरेट कार्यालय तथा शाखाहरु विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र वीरेन्द्रनगरमा पेस गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS