IME Life New

सूचना प्रविधि क्षेत्रमा लगानी गर्न यूएस चेम्बर अफ कमर्सका सदस्यलाई अर्थमन्त्रीको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

वासिङ्टन डीसी । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको सूचना प्रविधि उद्योगमा लगानी गर्न अमेरिका चेम्बर अफ कमर्सका प्रतिनिधिहरुलाई आग्रह गरेका छन्। विश्व बैंक समूह र अन्तर्राष्ट्रय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुने क्रममा हाल संयुक्त राज्य अमेरिकाको वासिङटन डीसीमा रहेका मन्त्री पौडेलले कमर्सका प्रतिनिधिहरुसँग भएको राउन्डटेवल बैठकमा यस्तो आग्रह गरेका हुन्।

नेपालमा अन्य मुलुकको तुलनामा लगानीकर्ताका लागि सस्तो र गुणस्तरीय सूचना प्रविधि सम्ब जनशक्ति उपलब्ध रहेको उल्लेख गर्दै मन्त्री पौडेलले कानुनी र प्रक्रियागत सुधार गरी लगानीको वातावरण तयार गरिएकाले सोको लाभ उठाउन अमेरिकी व्यवसायीलाई आग्रह गरे।

Esewa
Crest

सूचना प्रविधिको क्षेत्रमा एक डलरमै कम्पनी स्थापना गर्न सक्ने र ५ वर्षसम्म आयकरमा ५० प्रतिशत छुट दिने सरकारको नीतिबारे जानकारी दिँदै उनले नेपालको सूचना प्रविधि उद्योगमा लगानी बढाउन आग्रह गरे।

र्यक्रममा यूएस चेम्बर अफ कमर्स दक्षिण एसिया उपक्षेत्रका वरिष्ठ उपाध्यक्ष अतुल केशपले दर्जनौँ अमेरिकी कम्पनी नेपालमा लगानी गर्न चासो र उत्सुक रहेको बताए। उनले हालै नेपाल सरकारले गरेको लगानीसँग सम्बन्धित दर्जन हाराहरी कानुनको सुधार एवं परिमार्जन, सार्वभौम क्रेडिट रेटिङ र उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको गठनले व्यावसायिक वातावरण बनाउनमा योगदान गरेको उल्लेख गर्दै नेपालले गरेको सुरधार प्रयासको प्रशंसा पनि गरे।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका लागि प्रशस्त सम्भावना र उपयुक्त वातावरण बनेको उल्लेख गर्दै अमेरिकी उद्यमी व्यावसायीलाई नेपालमा लगानी विस्तार गरी लाभ लिन आग्रह गरे। कार्यक्रममा उपस्थित यूएस चेम्बर अफ कमर्सका प्रतिनिधिले नेपालमा सूचना प्रविधिलगायत विभिन्न क्षेत्रमा लगानी गर्नका लागि उत्सुक रहेको धारणा राखे।

यसैबीच आजै अर्थमन्त्री पौडेलसँग अन्तर्राष्ट्रिय मुद्रा कोषका उपप्रबन्ध निर्देशक बो लीको भेटवार्ता भएको छ। भेटका क्रममा पौडेलले सहुलियतपूर्ण कर्जा सुविधा, नीतिगत सल्लाह सुझाव र क्षमता विकासलगायतका विभिन्न कार्यक्रम मार्फत नेपालको आर्थिक विकासमा कोषले पुर्याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा कोषले थप योगदान गर्ने अपेक्षासमेत राखे।

मन्त्री पौडेलले अन्तर्राष्ट्रिय मुद्रा कोषजस्ता संस्थाको मूल्यांकनले नेपालको अर्थतन्त्रमा सुधार भइरहेको देखाएको तथ्य उल्लेख गर्दै आगामी दिनमा कोषका सुझावहरुलाई समेत ध्यानमा राखि आर्थिक सुधारका कार्य अगाडि बढाउने जानकारी दिए।

मन्त्री पौडेलसँग आजै मिलेनियम च्यालेन्ज कर्पोरेसन ( एमसीसी)का सीईओ एलिस अलब्राइट र उपाध्यक्ष क्यामरन अल्फर्डको समेत भेटवार्ता भएको थियो। भेटका क्रममा नेपालमा एमसीसी परियोजना कार्यान्वयनको पछिल्लो प्रगति अवस्था र थप वित्तीय सहायता परिचालनका सम्बन्धमा छलफल भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS