IME Life New

सूचना प्रविधि क्षेत्रको सेवा निर्यातबाट वार्षिक ५१५ मिलियन अमेरिकी डलर आम्दानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको सूचना प्रविधि क्षेत्रले सेवा निर्यातका माध्यमबाट वार्षिक ६८ अर्ब ७६ करोड रुपैयाँभन्दा बढी रकम स्वदेश भित्र्याई रहेको छ। सूचना प्रविधि व्यवसायको विकासमा सरकारको नगण्य लगानीका बावजुद पनि यूवा उद्यमीले आफ्नै पौरख र शीपको माध्यमबाट वार्षिक ५१ करोड ५० लाख अमेरिकी डलर बराबरको सेवा निर्यातबाट योगदान दिई रहेका हुन् ।

इन्स्टिच्यूट फर इण्टिग्रेटेड डेपलपमेण्ट स्टडिज(आइआइडीएस)ले हालै सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार सन् २०२२ मा नेपालबाट १०६ भन्दा बढी सूचना प्रविधि कम्पनीले सेवा निर्यात गरेका छन् । यी कम्पनीमा आबद्ध ५१ हजार भन्दा बढी स्वतन्त्र सूचना प्रविधि जनशक्तिहरुले रोजगार पाएका छन् ।

Esewa
Crest

आइआइडीएसले सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार सन् २०२१ को तुलनामा सन् २०२२ मा नेपालको सूचना प्रविधि सेवा निर्यातमा ६४‍.२ प्रतिशतको उल्लेख्य वृद्धि भएको थियो । सेवा निर्यातमा भएको वृद्धिले नेपाली जनशक्ति अन्तर्राष्ट्रिय स्तरको रहेको र सेवा निर्यातलाई अझै विस्तार गर्न सकिने स‌ंभावना रहेको अवस्थालाई समेत जनाउँछ। सूचना प्रविधि क्षेत्रको सेवा निर्यातबाट प्राप्त विदेशी मुद्राले कुल गाहर्स्थ उत्पादनमा १.४ प्रतिशतको योगदान पुर्याउन सफल भएको छ।

आइआइडीएसका अनुसार दक्ष जनशक्तिलाई नेपालमै टिकाइ राख्न र थप अवसर दिएर सूचना प्रविधिको विकासमा प्रयोग गर्न भने सरकार चुकिरहेको छ । सूचना प्रविधिको क्षेत्रमा कार्यरत स्वतन्त्र जनशक्तिमध्ये ८३‍.५ प्रतिशतको उमेर २० देखि २९ वर्ष समूहको छ। यो जनशक्ति नेपालभित्रको प्रशासनिक झमेला र सरकारको उदासिनताका कारण राम्रो अवसरका लागि जुनसुकै बेला विदेशिन सक्ने प्रबल स‌ंभावना भएको उमेर समूह हो ।

प्रतिवेदनले नेपालमा आईटी क्षेत्रले सामना गर्नुपरेका चुनौतीलाई पनि सम्बोधन गरेको छ। आईटी जनशक्तिको सीमित शीप र योग्यताले सुधार गर्नुपर्ने क्षेत्रलाई हाइलाइट गरेको छ। आईटी कार्यबलको शीप र दक्षता सुधार गरेर,व्यवसायीकता दक्षता बढाउनुपर्ने सुझाव दिइएको छ। यसबाहेक स्वदेशमा उच्च-गतिको इन्टरनेट ब्रोडब्यान्डमा पहुँच बढाउँदै सेवा र भरपर्दो इन्टरनेट जडानले प्राविधिक अवरोधहरु पार गर्न सक्षम बनाउने उल्लेख छ। यसबाहेक भौतिक पूर्वाधार, सूचना प्रविध उद्योगको आवश्यकता अनुसारको नीतिगत व्यवस्थामा पनि जोड दिइएको छ।

सूचना प्रविधिको क्षेत्रमा नयाँ प्रवेश गरेका कम्पनी र नवप्रवर्तनलाई प्राेत्साहन दिनका लागि सरकारी सहयोग कोषको वृद्धि गरिनुपर्ने सुझाव प्रतिवेदनमार्फत् दिइएको छ। यसैगरी ब्रान्डिङ र गुणस्तरीय शिक्षाको प्रवर्द्धन गर्न सकेकाे अवस्थामा नेपालको सूचना प्रविधि क्षेत्रले फड्को मार्ने प्रबल स‌ंभावना रहेको छ ।

सूचना प्रविधि क्षेत्रको विकासलाई बढावा दिन र यसको आर्थिक योगदानलाई अधिकतम बनाउन प्रतिवेदनले सात प्रमुख क्षेत्रमा सरोकारवालालाई सुझाव दिएको छ:

१) पूर्वाधार विकास;

२) लगानी र आर्थिक सहयोग;

३) मानव पूंजी विकास;

४) नीति र नियमहरू;

५) नेपालको सूचना प्रविधि उद्योगको ब्रान्डिङ र प्रचार;

६) समन्वय र सहयोग, र;

७) नवीनता

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS