IME Life New

सुपर मादी हाइड्रोपावरको ५०.८४% ले बढ्यो नाफा, रिजर्भमा ८६.९१% को छलाङ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौैं । सुपर मादी हाइड्रोपावरले चालु आर्थिक वर्षको प्रथम त्रैमास (साउन–असोज)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा अवधिमा कम्पनीले १६ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले १० करोड ६९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा ५०.८४ प्रतिशतले बढेको छ।

Esewa
Crest

चालु आर्थिक वर्षको प्रथम त्रैमासमा कम्पनीले विद्युत बिक्रीबाट ४२ करोड १५ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ४३ करोड २७ लाख रुपैयाँ आम्दानी गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको आम्दानी २.५७ प्रतिशतले घटेको छ।

चुक्तापुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भमा ३० करोड ५ लाख रुपैयाँ रहेको छ। रिजर्भको आकार अघिल्लो वर्षको तुलनामा ८६.९१ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीको रिजर्भमा १६ करोड ७ लाख रुपैयाँ थियो।

कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ३०.७२ रुपैयाँ र प्रतिशेयर नेटवर्थ ११४.३१ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS