IME Life New

सुपर मादी हाइड्रोपावरको शेयरमूल्य समायोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा सुपर मादी हाइड्रोपावरको शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले सो दिन कम्पनीको ५ प्रतिशत बोनश शेयर समायोजन गरेको हो। समायोजनपश्चात कम्पनीको शेयरमूल्य ५७८ रुपैयाँ १० पैसा कायम भएको छ। नेप्सेले सो दिनको अन्तिम कारोबार मूल्यका आधारमा कम्पनीको शेयरमूल्य समायोजन गरेको हो। सो दिन दोस्रो बजारमा कम्पनीको शेयर प्रतिकित्ता ६०७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। यही समायोजित मूल्यको आधारमा आइतबार कम्पनीको शेयर कारोबार खुल्नेछ।

Esewa
Crest

कम्पनीले कात्तिक ५ गते, होटल इम्पेरियल, बत्तिसपुतली, काठमाडौँमा पन्ध्रौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ५५ लाख २६ हजार ३१६ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS