IME Life New

सुनको भाउ फेरि नयाँ उचाइमा, तोलाकै रु. १ लाख २१ हजार नजिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौ । नेपाली बजारमा सुनको भाउ बढेर १ लाख २१ हजार रुपैयाँ नजिक पुगेको छ।

साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउ तोलामै १ हजार ८०० रुपैयाँले बढेको छ। आज प्रतितोला छापावाला सुन १ लाख २० हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख २० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।

Esewa
Crest

सुनको आजको भाउ हालसम्मकै उच्च हो। यो भाउले गत मंसिर १३ गतेको उच्च रेकर्डलाई तोडेको छ। गत मंसिर १३ गते प्रतितोला छापावाला सुन १ लाख १९ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १८ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि नयाँ उचाइ चुमेको छ। आज तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ५४५ रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार चाँदी १ हजार ५४० रुपैयाँमा कारोबार भएको थियो। जुन अहिलेसम्मकै उच्च थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS