IME Life New

सुनको भाउ प्रतितोला ८० हजार भन्दा तल झर्न सक्ने अनुमान, यस्तो छ कारण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा लगातार गिरावट आउदा नेपाली बजारमा पनि सुनको भाउ प्रतितोला ८० हजार भन्दा तल झर्न सक्ने अनुमान गरिएको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको माग भन्दा सप्लाइ धेरै हुँदा लगातार मूल्य घटिरहेको छ।

अमेरिकी राष्ट्रपति जोन बाइडेनले ग्रिन भ्याली प्रोजेक्ट ल्याउने योजना सँगै  बजारमा चाँदीको भाउ बढ्छ भन्ने अनुमान गरिएको थियो। यहि कारणले गएका दिनमा लगानीकर्ताले सुन बिक्री गरेर चाँदी खरिद गर्दा सुनको भाउ थप घटेको थियो भने चाँदीको भाउ बढेको थियो। तर केहि दिनदेखि चाँदीको भाउ पनि घटिरहेको छ।

Esewa
Crest

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ ले विश्व अर्थतन्त्रलाई नै प्रभाव पार्दा सुनको भाउमा अत्याधिक बृद्धि भएको थियो। तर कोभिड १९ को भ्याक्सिन आए सँगै सुनमा लगानी गरेकाले बिक्री गरेर अन्य क्षेत्रमा लगानी डाइभर्ट गरिरहेका छन्।

भ्याक्सिन आए सँगै उद्योग कलकारखाना धमाधम खुल्न थालेका छन्। कोभिड १९ को अवधिमा अन्य क्षेत्रमा लगानी गर्न नपाउदा लगानीकर्ताले सुनमा लगानी गर्दा भाउ उकालो लागेको थियो। अवस्था सामान्य भए पछि लगानीकर्ताले सुन बिक्री गरेर अन्य क्षेत्रमा लगानी गर्न थालेका छन्। यसले अन्तर्राष्ट्रिय बजारमा सुनको सेलिङ प्रेसर बढिरहेको छ।

यसै क्रममा अमेरिकी राष्ट्रपति जोड बाइडेनले १.९ ट्रिलियन अमेरिकी डलरको स्टिमुलस प्याकेज ल्याएका छन्। यसलाई तल्लो सदनबाट पास गरेर सिनेटमा लगिएको छ। यो प्याकेज पछि अमेरिकी डलर थप मजबुत बन्ने अनुमान गरिएको छ। अमेरिकी डलर मजबुत भएका खण्डमा सुनको भाउ थप ओरालो झर्न सक्ने छ।

अमेरिका र चीन विचको ट्रेड वारको समस्या निवर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा धेरै नै चुलियो। तर जोड बाइडेनले आफ्नो घोषणापत्रमा यसलाई सरलिकरण गर्ने घोषणा गरेका छन्।

यदि विगत लामो समयदेखिको ट्रेड वार समाधान भयो भने अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ थप घट्न सक्ने अनुमान गर्दै पछिल्ला दिनमा सेलिङ प्रेसर बढिरहेको छ। स्टिमुलस प्याकेज घोषणा हुँदा सुनको भाउ प्रति औन्स १८०० डलरसम्म तल झर्न सक्ने अनुमान गरिएको थियो। जतिवेला नेपाली बजारमा सुनको भाउ ९२ हजार रुपैयाँसम्म झर्यो। तर पछिल्लो समय प्रतिऔन्स १७०१ डलरमा कारोबार भएको छ।

अन्तर्राष्ट्रिय बजारका प्राविधिक विश्लेषकहरुले पहिलो रेसिष्टेन्ट लेवल प्रति औन्स १६५० डलर हुने अनुमान गरेका छन्। यदि यसबाट पनि तल झर्न खोज्यो भने प्रति औन्स १६०० डलरसम्म पनि तल झर्न सक्ने अनुमान गरिएको छ। यहि अवस्थामा सुनको भाउ तल झर्यो भने नेपाली बजारमा पनि प्रति तोला ८० हजार रुपैयाँ भन्दा झर्ने अनुमान गरिएको हो।

अन्तर्राष्ट्रिय बजारमा बढ्ने भन्दा पनि घट्ने सम्भावना भढि रहेको सुनचाँदी बजारका विश्लेषक तेजरन्न शाक्यको विश्लेषण छ। उनले भने ‘घट्नेको भन्दा बढ्नेको पल्ला भारि भएको देखिन्छ।’ एशियाली मुलुकको विनिमय अमेरिकी डलरको तुलनामा केहि मजबुत भैरहेको छ। यसले गर्दा पनि सुनको भाउ घट्नलाई थप सपोर्ट गरिरहेको शाक्य बताउछन्।

नेपाली बजार

सुनको भाउ घट्न थाले सँगै नेपालमा भने सुनको माग बढ्न थालेको छ। कोभिड १९ का कारण भन्दै सरकारले एक वर्ष अगाडि सुनको आयातलाई दैनिक १० किलोको कोटा निर्धारण गरिदिएको थियो। तर सरकारले कोटा नबढाउदा व्यवसाय नै चौपट भएको भन्दै सुनचादी व्यवसायी महासंघ केहि दिन अगाडि वाणिज्य तथा आपुर्ती मन्त्री समक्ष ज्ञापन पत्र बुझाउन पुगेको थियो।

गएका दिनमा पेण्डामिकले गर्दा माग सुन्य जस्तै थियो। तर समय साधारण बन्दै गए पछि माग पनि आउन थालेको व्यवसायीहरु बताउछन्। उनिहरुले अहिलेको अवस्थामा दैनिक ३० किलोसम्म नेपाली बजारमा आवस्यक रहेको भन्दै माग गरिरहेका छन्।

सुनको भाउ एक लाख तीन हजारबाट ८५ हजार रुपैयाँको हाराहारीमा झरिसकेकाले नेपालमा सुनको माग बढ्न थालेको हो। नेपालमा सुनचाँदीको गरगहना लगाउने प्रचलनका कारण सुनको भाउ सस्तो हुँदा किन्ने परिपाटी बढि छ।

यस वर्षको फागुनमा विवाहको लगन छैन। तर बैशाखमा लगन भएकाले कतिपयले बजार घटेको मौका छोप्दै खरिद गरेर राख्न खोजिरहेका छन्। बैशाखका लागि अहिले नै माग हुँदा नेपाली बजारमा सुनको अभाव भैरहेको छ। वैधानिक बाटोबाट सुन आयात नहुँदा व्यवसायीहरुले कालो बजारीबाट खरिद गर्ने गरेका छन्।

प्रयाप्त सुन नहुँदा व्यसायीहरुले अर्डर लिन सकेका छैनन्। साथै केहि परिमाणमा सुन खरिद गर्न आउनेलाई दिन नसकिएको उनिहरु बताउछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS