IME Life New

सुनको भाउमा दैनिक उछाल, आज पनि मूल्यमा नयाँ कीर्तिमान, तोलाको कति पुग्यो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा सुनको भाउ दैनिकजसो उछाल आउन थालेको छ। आज पनि सुनको भाउले नयाँ कीर्तिमान कायम गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २ हजार रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख ६४ हजार ४०० रुपैयाँ कायम भएको छ। यो भाउ हालसम्मकै उच्च हो।

Esewa
Crest

हिजो पनि सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ६२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। यो भाउ हालसम्मकै उच्च थियो। जुन रेकर्ड आज तोडिएको छ।

आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँ बढेर १ हजार ९८० रुपैयाँ कायम भएको छ। यो चाँदीको हालसम्मकै उच्च भाउ हो। हिजो चाँदी तोलाको १ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS