IME Life New

‘सुनका गहनामा जर्ती नलाग्ने र ज्यालामा भारी छुट’को विज्ञापन भ्रम मात्रैः व्यवसायी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सुन–चाँदी व्यवसायीहरुले ‘सुनको गहनामा जर्ती नलाग्ने र ज्याला भारी छुट’को विज्ञापन भ्रम मात्रै रहेको दाबी गरेका छन्।

नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो दाबी गरेका हुन्। काठमाडौंको शुक्रपथ विशालबजारको ठेगाना दिई गहना व्यवसाय गर्ने एक फर्मले ‘सुनको मूल्य अत्याधिक बढेकोले ज्याला र जर्तीमा भारी छुट’को आकर्षक विज्ञापन प्रकाशित गरी आमउपभोक्तामा भ्रम छर्ने काम गरेको विज्ञप्तिमा जनाइएको छ। गहना व्यवसायीलाई अन्योलमा पर्ने एवं व्यवसायी र कालीगढबीच द्वन्द्व सिर्जना गर्ने कार्य गरेकोप्रति तीनवटै संगठनले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

Esewa
Crest

विशालबजारको श्री रिद्धि सिद्धि हालै एक विज्ञापन जारी गर्दै सुन र हीराको गहनामा जर्ती नलाग्ने र ज्यालामा अधिकतम छुट ७ प्रतिशत दिने अफर सार्वजनिक गरेको थियो। यो अफर असार १५ गतेसम्म लागू हुने विज्ञापनमा उल्लेख छ। सोही अफर विरोधमा संयुक्त विज्ञप्तिमा जारी भएको हो।

विज्ञप्तिमा राज्यले गहना व्यवसायको सञ्चालन एवं नियमनका लागि ऐन, नियम, निर्देशिका आदि जारी नगरेको विद्यमान अवस्थामा गहना व्यवसायीहरुका प्रतिनिधिमूलक छाता संगठनहरुले आपसी सहमतिमा निर्धारण गरेको विधि र पद्धतिअनुरुप मुलुकभर व्यवसाय सञ्चालन एवं यससम्बन्धी विषयहरु व्यवस्थापन हुँदै आएकोमा त्यसरी फर्म विशेषले आफूखुसी ‘धमाका अफरहरु’ दिएर गरिने भ्रमात्मक विज्ञापनले राज्य, आमउपभोक्ताको साथै यस क्षेत्रमा संलग्न व्यवसायी एवं कालीगढबीच विश्वासको संकट पैदा गराउने स्पष्ट रहेको उल्लेख छ। ‘मजदुरको पारिश्रमिक, निर्माण क्षति (जर्ती), ज्याला आदि बारेमा नेपाल सरकारबाट विभिन्न समयमा विभिन्न परिपत्रहरु जारी भएका छन्’, विज्ञप्तिमा भनिएको छ, ‘साथै, नेपाल राष्ट्र बैंकको सुन आयात तथा बिक्रीवितरण कार्यविधि, २०६८ मा सुनका गहना निर्यात हुँदा जर्तीबापत १० प्रतिशत थप शोधभर्ना दिने नियम छ। टक्सार विभागमा सिक्का टकमरी गर्दा ७.२ प्रतिशत जर्तिको व्यवस्था रहेको छ। यी व्यवस्थालाई मध्यनजर गर्दा कुनै फर्म वा कम्पनीले जर्ती नलिई केवल ७ प्रतिशत निर्माण शुल्कमा गरगहना बिक्री गर्ने विज्ञापनले सुनचाँदी बजारलाई अस्वस्थ प्रतिस्पर्धामा धकेल्ने स्पष्ट छ ।’

हेर्दा नाफा नहुने तर घुमाउरो पाराले गुणस्तरमा सम्झौता गर्ने, बैंकिङ प्रणाली बाहेकको अनौपचारिक रुपमा भित्रिएको कमसल सुनको प्रयोग गर्ने र कालीगढको मुनासिव ज्यालामा संकुचन गरी अपारदर्शी र विधिविपरीत नाफा लिने प्रवृत्ति हावी हुन सक्ने भएकोले यस्ता अवान्छित क्रियाकलापलाई रोकी पारदर्शिता एवं स्वस्थ प्रतिस्पर्धा र स्वस्थ व्यवसायको अभिवृद्धिका लागि सम्बन्धित व्यवसायीहरुमा ध्यान दिन विज्ञप्तिमार्फत आग्रह गरिएको छ। ‘साथै, सम्बन्धित व्यवसायीहरुलाई यस्तो विज्ञापन फिर्ता लिन र आगामी दिनमा यस्तो कार्य कसैले पनि नगर्न नगराउन महासंघ सचेत गराउन चाहन्छौँ’, विज्ञप्तिमा भनिएको छ, ‘हालसम्मको साथ र सहयोगका लागि आमउपभोक्ताप्रति आभार व्यक्त गर्दै सस्तो लोकप्रियताको यस्तो भ्रमपूर्ण विज्ञापनको पछाडि नलाग्न अनुरोध गर्न चाहन्छौँ।’

नेपाल सरकारले आर्थिक वर्ष २०८१।८२ को बजेटमार्फत सुनको आयातमा लगाउँदै आएको भंसार शुल्कमा अस्वाभाविक रुपमा वृद्धि गरी २० प्रतिशत पुरÞ्याएकोले सम्पूर्ण गहना व्यवसाय नै धरासायी हुने अवस्था आएकोले पुरानै दर कायम राख्नुपर्ने साथै आवश्यक कानुनको तर्जुमा एवं निर्देशिका कार्यान्वयन हुनुपर्नेलगायतका माग राखी संयुक्त रुपमा शान्तिपूर्ण संघर्ष भइरहेकोले देशभरका गहना व्यवसायीरु एवं संघहरुलाई यस कार्यमा ऐक्यबद्धता प्रस्तुत गर्न विज्ञप्तिमार्फत आह्वान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS