IME Life New

सीईडीबी हाइड्रोपावरको नाफामा उछाल, १४५%ले बढ्यो आम्दानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको नाफामा उछाल आएको छ। कम्पनीले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको प्रथम त्रैमास (साउन–असोज)सम्मको अपरिष्कृत वित्तीय विवरणबाट यस्तो देखिएको हो।

वित्तीय विवरणअनुसार कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्म ९ करोड ७ लाख रुपैयाँ नाफा आर्जनन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ३ करोड ३३ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफामा २०२.२८ प्रतिशतको बढोत्तरी देखिएको छ।

Esewa
Crest

समीक्षा अवधिसम्म कम्पनीले सेवा शुल्क, ब्याज र अन्यबाट १० करोड ८ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ४ करोड ९ लाख रुपैयाँ आम्दानी गरेको थियो। कम्पनीको आम्दानी पनि १४५.९२ प्रतिशतले बढेको छ।

चुक्तापुँजी १ अर्ब ३ करोड ४२ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोष र सञ्चित नाफामा ४८ करोड ६० लाख रुपैयाँ रहेको छ।

वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ३५.११ रुपैयाँ रहेको कम्पनीको पीई रेसियो ५०.९८ गुणा र प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS