IME Life New

सीआईटीको ५० हजार कित्ता शेयर बेच्दै एनआईसी एसिया बैंक, प्रतिकित्ता कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एसिया बैंकले नागरिक लगानी कोष (सीआईटी)मा रहेको आफ्नो शेयर आज साउन ७ गतेबाट बिक्रीमा राखेको छ। एनआईसी एसिया बैंकले सीआईटीको ५० हजार कित्ता संस्थापक शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको हो।

बिक्रीमा राखिएको शेयरमा योग्य जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले न्यूनतम १० हजार कित्ता वा अधिकतममा सम्पूर्ण कित्ता खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्।

Esewa
Crest

बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७०७ रुपैयाँ तोकिएको छ। यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

बोलपत्र यही साउन १४ गतेसम्म पेस गर्न पर्नेछ। बोलपत्र काठमाडौंको थापाथलीस्थित एनआईसी एसिया क्यापिटलको कार्यालय वा एनआईसी एसिया बैंकको कर्पोरेट कार्यालय तथा शाखाहरु विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेतमा पेस गर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS