IME Life New

सीआईटीको नाफा सवा ८८ करोड, १५.८१%ले बढ्यो ब्याज आम्दानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नागरिक लगानी कोष (सीआईटी)ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म सीआईटीले ८८ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म सीआईटीले ७७ करोड ७९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले सीआईटीको नाफा १३.४३ प्रतिशतले बढेको छ।

Esewa
Crest

अघिल्लो वर्षको तुलनामा सीआईटीको खुद ब्याज आम्दानी पनि १५.८१ प्रतिशतले बढेर ३५ करोड ३२ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ३० करोड ५० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

समीक्षा अवधिसम्म सीआईटीले १ खर्ब ४ करोड रुपैयाँ सेवा शुल्क तथा कमिसन आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म यस्तो आम्दानी ९३ करोड ५० लाख रुपैयाँ रहेको थियो। सीआईटीको विविध आम्दानी १ करोड ७४ लाख रुपैयाँ रहेको छ।

शेयर पुँजी ५ अर्ब ३१ लाख रुपैयाँ रहेको सीआईटीको जगेडामा २५ अर्ब ५० करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष जगेडामा ३१ अर्ब २२ करोड रुपैयाँ थियो। जगेडाको आकार १८.३२ प्रतिशतले घटेको छ।

सीआईटीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) २२.१४ रुपैयाँ रहेको छ। अघिल्लो वर्ष ईपीएस २४.४० रुपैयाँ थियो। सीआईटीको आरओई ८.४९ प्रतिशत र प्रतिशेयर नेटवर्थ १७१.४१ रुपैयाँ रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS