IME Life New

सीआईटीको नाफा सवा ६२ करोड, लगानी साढे २ खर्ब नाघ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नागरिक लगानी कोष (सीआईटी)ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म सीआईटीले ६२ करोड २२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष सोही अवधिसम्म सीआईटीले १३.९७ प्रतिशतले बढी हो।

Esewa
Crest

समीक्षा अवधिसम्म सीआईटीको कुल आम्दानी १ अर्ब ३ करोड ९५ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष सीआईटीको कुल आम्दानी ९२ करोड ४५ लाख रुपैयाँ रहेको थियो। आम्दानी पनि १२.४३ प्रतिशतले बढेको छ। कुल आम्दानीमा ब्याज आम्दानी १९ करोड ३३ लाख रुपैयाँ, सेवा शुल्क तथा कमिसन आम्दानी ८१ करोड १ लाख रुपैयाँ र विविध आम्दानी ३ करोड ५९ लाख रुपैयाँ रहेको छ।

शेयरपुँजी ६ अर्ब ४८ लाख १७ लाख रुपैयाँ रहेको सीआईटीको जगेडा कोषमा २८ अर्ब ७५ करोड ८० लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष जगेडा कोषमा २४ अर्ब ४१ करोड ५४ लाख रुपैयाँ रहेको छ।

दोस्रो त्रैमाससम्म सीआईटीले विभिन्न क्षेत्रमा २ खर्ब ६४ अर्ब ७७ करोड ७५ लाख रुपैयाँ लगानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म सीआईटीले २ खर्ब ३५ अर्ब ५ करोड ८ लाख रुपैयाँ लगानी गरेको थियो।

वार्षिकीकृत प्रतिशेयर आम्दानी १९.२० रुपैयाँ रहेको सीआईटीको प्रतिशेयर नेटवर्थ १४३.१८ रुपैयाँ रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS