IME Life New

सिलवालविरूद्धको भ्रष्टाचारको मुद्दामा पुनः साक्षी झिकाउन अदालतको आदेश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भ्रष्टाचारको अभियोग खेपि रहेका नेपाल बीमा प्राधिकरणका निलम्बित अध्यक्ष सूर्य प्रसाद सिलवालविरूद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतले पुनः साक्षी बुझ्ने आदेश जारी गरेको छ।

अदालतले सोमबार उनीविरूद्धको नपाएको ओहोदा पाए भनी भ्रष्टाचार गरेको भन्ने अभियोग सम्बन्धी मुद्दाको सुनुवाईका क्रममा साक्षी बुझ्ने आदेश जारी गरेको हो। विशेष अदालतका न्यायाधीशद्वय राम बहादुर थापा र मुरारी बाबु श्रेष्ठको संयुक्त इजलाशले सोमबार साक्षी बुझ्ने आदेश जारी गरेको हो।

Esewa
Crest
चार वर्षे कार्यकाल पुरा गरेर अनिवार्य अवकाशको मुखैमा रहेका बेला सिलवाल विरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उमेर ढाँटेको, हुँदै नपाएको ओहदा पाएको भनी दाबी गरेर भ्रष्टाचार गरेको लगायतको अभियोग सहित गत मंसिर २४ गते विशेष अदातलमा मुद्दा दायर गरेको हो।

भ्रष्टाचारको अभियोगमा मुद्दा दायर भएलगत्तै सिलवाल निलम्बनमा परेका हुन् । उनको निलम्बन पछि सरकारले अर्थ मन्त्रालयका सह सचिव मदन कुमार दाहाललाई प्राधिकरण अध्यक्षको जिम्मा दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS