IME Life New

सिनर्जी पावरको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम मौका

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिनर्जी पावर डेलभपमेन्टको लिलामी हकप्रद शेयरमा आवेदन दिने आज कात्तिक १५ गते अन्तिम दिन रहेको छ। कम्पनीले गत कात्तिक १ गतेदेखि सर्वसाधारण समूहको अवितरित हकप्रद शेयर लिलामी प्रक्रियामार्फत बिक्री गरेको थियो । उक्त शेयरमा आज बैंकिङ समयसम्म खरिद आवेदन दिन सकिनेछ। कम्पनीले गत भदौ ३ गतेदेखि भर्दा ३१ गतेसम्म आफ्ना शेयरधनीहरुलाई चुक्ता पुँजीको २ः१ अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद बिक्री खुला गरेको थियो। त्यस क्रममा बिक्री नभएको सर्वसाधारण समूहको ५ लाख ६३ हजार २६१ कित्ता सेयर लिलामीमार्फत बिक्रीमा राखिएको हो।

लिलामी राखिएको शेयर न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्तालाई न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतम सेयर संख्याका लागि हद लाग्ने छैन।

Esewa
Crest

लगानीकर्ता बोलपत्र काठमाडौंको नक्सालस्थित सानिमा क्यापिटल तथा सानिमा बैंकको हेटौँडा, नारायणगढ, विराटनगर, बिर्तामोड, वीरगन्ज, जनकपुर, बुटवल, घोराही, नेपालगन्ज, वीरेन्द्रनगर, धनगढी, महेन्द्रनगर र पोखरा (न्युरोड) तथा गरिमा विकास बैंकको बागलुङ शाखामा पेश गर्न सकिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS