IME Life New

सिटी होटलले घटायो घाटा, आम्दानीमा सुधार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटी होटलले आर्थिक वर्ष २०८०।८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

सिटी होटलले समीक्षा वर्षमा २० करोड ४७ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष सिटी होटलले २७ करोड २२ लाख रुपैयाँ घाटा व्यहोरेको थियो। यस हिसाबले अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा होटलले घाटा घटाएको छ।

Esewa
Crest

समीक्षा वर्षमा होटलको कुल आम्दानी बढेर ५० करोड ४२ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष कुल आम्दानी ४७ करोड ३१ लाख रुपैयाँ थियो। होटलको आम्दानी ६.५७ प्रतिशतले बढेको छ।

चुक्तापुँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँ रहेको सिटी होटलको अन्य इक्विटी ९ करोड ९ लाख रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष अन्य इक्विटीमा ५ करोड ९४ लाख रुपैयाँ थियो।

समीक्षा वर्षमा होटल वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) १२.२३ रुपैयाँ ऋणात्मक रहेको छ। अघिल्लो वर्ष पनि होटलको ईपीएस १६.२६ रुपैयाँले ऋणात्मक थियो। होटलको प्रतिशेयर आम्दानी ९४.५६ रुपैयाँ रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS