IME Life New

सिटी होटलको आइपीओ बाँडफाँड मिति तय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटी होटल लिमिटेडको आइपीओ जेठ ५ गते शुक्रवार बाँडफाँड हुने भएको छ । उक्त आइपीओ शुक्रवार बिहान ८ः३० बजे सिटी होटलमा बाँडफाँड हुने विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।

कम्पनीले बैशाख २५ देखि २८ गतेसम्म १३ लाख ५५ हजार ९४० कित्ता आइपीओ सर्वसाधारणमा विक्रीमा ल्याएको थियो । उक्त आइपीओमा अन्तिम दिनसम्म ११ लाख ६१ हजार २८० जना आवेदकबाट १ करोड २७ लाख ८८ हजार ९९० कित्ता शेयरको लागि आवेदन परेको थियो ।

Esewa
Crest

यी आवेदकमध्येबाट भाग्यमानी १ लाख ३५ हजार ५९४ जना आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गर्नेछन् । कम्पनीको विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशत अर्थात १६ करोड ७४ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १६ लाख ७४ हजार कित्ता शेयर सार्वजनिक निष्काशनका लागि छुट्याएको थियो ।

सोमध्ये पहिलो चरणमा, १ लाख ६७ हजार ४०० कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गरिसकेको छ भने ८३ हजार ७०० कित्ता शेयर सामूहिक लगानी कोष र ६६ हजार ९६० कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । सर्वसाधारण लगानीकर्तालाई बाँकी रहेको १३ लाख ५५ हजार ९४० कित्ता शेयर मात्रै वितरण हुनेछ ।

आइपीओ निष्काशनका लागि गराएको रेटिङ्ग अनुसार केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

45%
happy

खुसी

27%
sad

दु :खी

0%
amazed

अचम्मित

27%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS