IME Life New

सिटी एक्सप्रेसले ल्यायो ‘१८ गुणा परिवारमा खुशी लाखौं गुणा’ उपहार योजना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैंतिहार तथा छठ पर्वलाई लक्षित गर्दै १८ वर्ष प्रवेश गरेको उपलक्ष्यमा ९० दिनसम्म चल्ने ‘१८औं वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौं गुणा’ उपहार योजना घोषणा गरेको छ । उक्त कार्यक्रममा चर्चित हास्य कलाकार साथै सिटी एक्सप्रेसका ब्राण्ड एम्बासडर जितु नेपालको उपस्थितिमा सो योजना सार्वजनिक गरेको हो ।

कम्पनीको यो उपहार योजनाअन्तर्गत लक्की ड्रमार्फत् हरेक महिना दुई जनालाई सामसुङको स्मार्ट फोन,हरेक हप्ता दुई जनालाई सामसुङको स्मार्ट टिभी साथै ९० दिन लगातार हरेक दिन १८ जना विजेताहरुलाई जनही ५०० रुपैयाँको वालेट टपअप र अन्त्यमा एक जना भाग्यशाली बम्पर बिजेताले आफुले पठाएको रकमको १८ गुणा बढी रकम पाउने छन् ।

Esewa
Crest

यस योजना आगामी असोज १ गतेदेखि मङिसर ३० गतेसम्म लागू हुनेछ । यो अवधिमा सिटी एक्सप्रेसमार्फत विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो योजनामा सहभागी हुन पाउने कम्पनीले जनाएको छ ।

यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिने छ भने यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीको हकमा लागू नहुने कम्पनीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS