IME Life New

सिटिजन लाइफले थप्यो आइओएस एपमा सुविधा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आइओएस एपमा सुविधा थप्नुका साथै अपग्रेड गरी एपस्टोरमा उपलब्ध गरेको छ ।ग्राहकवर्गहरुलाई सरल तथा सुलभ सेवा पु-याउन नवीनतम योजनाहरु ल्याउन सदैव अग्रणी बनाउँदै आएको कम्पनीले आफ्नो सेवालाई समयानुकूल परिस्कृत गर्दै ग्राहकको व्यस्तता र सुविधालाई ध्यानमा राखी “डिजिटल सिटिजन” अभियान अन्तर्गत उक्त एपमा सुविधा थप गरेको जनाएको छ ।

आफ्ना ग्राहक र अभिकर्ताहरुलाई डिजिटल सेवा उपलब्ध गराउन यस एपले थप सहयोग गर्ने कम्पनीको विश्वास छ । सिटिजन लाइफ इन्स्योरेन्स एप मार्फत ग्राहकले कम्पनीको विस्तृत विवरण, सिटिजन लाइफमा रहेका सम्पुर्ण बीमा योजनाहरुको विस्तृत जानकारी, नेपालभरी रहेका सम्पुर्ण शाखा कार्यालयहरुको बारेमा जानकारी साथै यसमा रहेको मिडिया सेन्टरबाट कम्पनीका हालसालैका विभिन्न गतिबिधिहरुको जानकारी पनि लिन सक्नेछन् ।

Crest

इच्छुकले यस एपमा रहेको प्रिमियम क्याल्कुलेटरको प्रयोग गरी आफ्नो विवरण भरेर आफुले इछ्याएको बीमा योजनाको बीमाशुल्क आफ्नो अवश्यक्ता अनुसारको बीमाङ्क रकम र बीमाको समय अवधि अनुसार आफै निकाल्न सक्नेछन् ।

सिटिजन लाइफ कम्पनीको अभिकर्ता बन्न ईच्छुक महानुभावहरुले पनि यस एपबाट आवेदन दिन सक्नेछन् । साथै कम्पनीले ग्राहकहरुको सुविधालाई मध्य नजर गरी घरमै बसेर बीमा शुल्क तिर्न सकिने व्यवस्थाको लागी यस एपमा इसेवा, फोनपे, कनेक्ट आइपीएस लगायतका डिजिटल बैकिङ्ग सुविधा मार्पmत अनलाईन भुक्तानीको व्यवस्था समेत मिलाएको छ ।

यस एपमा लग ईन गरेर बीमितले आफ्नो बीमा योजना, कुल बीमाङ्क रकम, आफुले अहिले सम्म तिरेको बीमा शुल्कको विवरण साथै भविष्यमा कहिले र कति नवीकरण शुल्क तिर्नपर्छ भन्ने कुराको सम्पूर्ण जानकारी लिन सक्नेछन् । यसका साथै अभिकर्ताले पनि यस एपमा लग ईन गरेर जीवन बीमा व्यवसाय तथा आफ्नो सम्पुर्ण कारोबारको जानकारी र ग्रहकहरुको जानकारी पनि प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

सिटिजन लाइफ इन्स्योरेन्सको “डिजिटल सिटिजन” अभियान अन्तर्गत अनलाईन मार्फत बीमा प्रस्ताव दाखिला गर्ने सफ्टवेयर प्रणाली पनि विगत वर्षहरु देखी र हालसालै अनलाईन बीमा दाबी सेवा सञ्चालनमा रहेको छ । कम्पनीले आगामी दिनहरुमा पनि अरु थुप्रै आधुनिक तथा नवीनतम डिजिटल सेवाहरु प्रचलनमा ल्याउने योजना रहेको समेत जानकारीे दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS