IME Life New

सिक्लेस हाइड्रोपावरको लाभांश घोषणा, वार्षिक साधारणसभा पनि आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिक्लेस हाइड्रोपावरले लाभांश घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसअनुसार आर्थिक वर्ष २०७९/८० को सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल ६ प्रतिशतले हुन आउने ५ करोड १० लाख रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय कम्पनीले गरेको छ।

Esewa
Crest

प्रस्तावित लाभांश अनुमोदन गर्न कम्पनीले आफ्नो १९ औँ वार्षिक साधारणसभा पुस २७ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा कास्कीको पोखरास्थित आभ्या क्लब घाटीपाटनमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सोही सभाले लाभांश अनुमोदन गरेपछि शेयरधनीहरुले पाउनेछन्।

सभाले उक्त आर्थिक वर्षको सञ्चालक समितिले तयार पारेको वार्षिक प्रतिवेदन र लेखापरीक्षकले तयार पारेको आर्थिक प्रतिवेदन पनि स्वीकृत गर्नेछ।

लाभांश र सभा प्रयोजनका लागि कम्पनीले पुस १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस ११ गतेसम्म कायम शेयरधनीहरुले यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS