IME Life New

साहज ऊर्जाको लाभांश घोषणा, १००% हकप्रद पनि ल्याउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साहस ऊर्जाले लाभांशसँगै हकप्रद शेयर ल्याउने घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०।८१ का लागि कायम चुक्तापुँजी ३ अर्ब ५० करोड रुपैयाँको कुल ८.४२१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमा ८ प्रतिशतले हुन आउने २८ करोड रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.४२१ प्रतिशत हुन आउने १ करोड ४७ लाख ३६ हजार ८४२.११ प्रतिशत नगद लाभांश छन्।

Esewa
Crest

प्रस्तावित लाभांश अनुमोदन गर्न कम्पनीले आउँदो कात्तिक ४ गते २०७७।७८ देखि २०८०।८१ सम्मको संयुक्त वार्षिक साधारणसभा गर्दैछ। सभा काठमाडौंको बबरमहलस्थित कार्की ब्यांक्वेटमा बिहान ११ बजेबाट हुनेछ। सोही सभाले लाभांश अनुमोदन गरेपछि शेयरधनीहरुले पाउनेछन्।

सभाले बोनस शेयर वितरणपछि कायम हुने चुक्तापुँजीको १ः१ अर्थात १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ। जसअनुसार बोसन शेयर वितरणपछि कायम हुने चुक्तापुँजी ३ अर्ब ७८ करोड रुपैयाँको कुल ३ अर्ब ७८ करोड रुपैयाँबराबरकै हकप्रद शेयर जारी गरिने कम्पनीले जनाएको छ।

बोनस शेयर र हकप्रद शेयर जारी पनि कम्पनीको चुक्तापुँजी ७ अर्ब ५६ करोड रुपैयाँ पुग्नेछ। सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

सोही ती सबै आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गर्नेछ भने चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ। सभाले स्वतन्त्र सञ्चालक नियुक्ति अनुमोदन गर्नेछ।

सोही सभाले संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्नेछ।

वार्षिक साधारणसभा र लाभांश प्रयोजनार्थ कम्पनीले असोज १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असोज १३ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS