IME Life New

साल्ट ट्रेडिङ्ग कर्पोरेशनको बोनश शेयर हितग्राही खातामा जम्मा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडडले आफ्ना शेयरधनीहरुको हितग्राही खातामा बोनश शेयर जम्मा गरिदिएको छ । कम्पनीले गत मंसिर ३० गते सम्पन्न ५३औं वार्षिक साधारणसभाबाट पारित २५ प्रतिशत बोनश शेयर नेपाल स्टक एक्सचेञ्ज र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा सूचिकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था गरिएको जनाएको छ ।

मंसिर १४ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको बोनश शेयर सम्बन्धित हितग्राही खातामा जम्मा गरिएको छ जनाएको छ भने उक्त समयपछि शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुलाई क्रमशः उक्त बोनश शेयर जम्मा गरिने कम्पनीले बताएको छ ।

Esewa
Crest

मंसिर १४ गतेसम्म शेयर धितो बन्धक राखी कर्जा लिएका शेयरधनीहरुको हकमा बोनस शेयर समेत कर्जा प्रवाह गर्ने सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुको नाममा नै रोक्का जनाइ शेयरधनीको हितग्राही खातामा जम्मा हुनेछ । यदि राफसाफ भैसकेको भए सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरी फुकुवा गर्न शेयरधनीहरुलाई सम्पर्क राख्न भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS