IME Life New

सामान्य अंकले घटेको शेयर बजारमा १४९ कम्पनीको शेयरभाउमा गिरावट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजारमा सामान्य गिरावट आएको छ। नेप्से परिसूचक ३.२४ अंकले घटेर १९६५.९३ को विन्दुमा झरेको छ। सेन्सेटिभ इन्डेक्स पनि ०.३७ अंकले घटेर ३४८.१८ को विन्दुमा ओर्लेको छ।

आज बजार घट्दा २ अर्ब ३६ करोड ६९ लाख रुपैयाँबराबरको कारोबार भएको छ। ८८ कम्पनीको शेयरभाउ बढ्दा १४९ वटाको घटेको छ भने ७ वटाको स्थिर रहेको छ।

Esewa
Crest

यो दिन नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ५ वटामात्रै बढेको छ भने ८ वटामा गिरावट आएको छ। वित्त समूह सर्वाधिक ३.१३ प्रतिशतले बढ्दा उत्पादन तथा प्रशोसन समूह सर्वाधिक ०.७१ प्रतिशतले घटेको छ।

आज पोखरा फाइनान्सको सर्वाधिक कारोबार भएको छ। मल्टीपर्पस फाइनान्सको शेयरभाउ सबैभन्दा बढी ९.९९ प्रतिशतले बढेको यो दिन सबैको लघुवित्तको शेयरभाउमा ५.८३ प्रतिशतको गिरावट आएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS