IME Life New

सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र नचाहिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सामाजिक सुरक्षा भत्ताका लागि लाभग्राहीको राष्ट्रिय परिचयपत्र नचाहिने भएको छ।

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले ७५३ वटै स्थानीय तहका नाममा परिपत्र जारी गर्दै सामाजिक सुरक्षा भत्ताका लागि लाभग्राहीको राष्ट्रिय परिचयत्र अनिवार्य नगरिएको जानकारी गराएको हो।

Esewa
Crest

मन्त्रिपरिषदको जेठ २४ गतेको बैठकले सामाजिक सुरक्षासम्बन्धी सेवा प्रदान गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय भई असार १० गतेको नेपाल राजपत्रमा सूचना प्रकाशन भएको थियो। देशभर निरन्तर परेको वर्षाका कारण ठाउँ–ठाउँमा बाढी, पहिरो र विपद्को अवस्था सिर्जना हुन गई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नेपाली नागरिकलाई राष्ट्रिय परिचयपत्र बनाउन असहज हुन गएको भन्दै विभागले उक्त प्रयोजनका लागि हाललाई राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS