IME Life New

सामाजिक सञ्जालबाट शेयर बजारप्रति अफवाह फैलाउनेलाई कारबाही गर्न धितोपत्र बोर्डसँग माग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सामाजिक सञ्जालमार्फत शेयर बजारप्रति नकारात्मक अफवाह फैलाउनेहरुलाई कारबाही गर्न नेपाल धितोपत्र बोर्डसँग माग गरिएको छ। धितोपत्र बोर्डमा आज एक आमलगानीकर्ताले दर्ता गरेको उजुरीमा त्यस्ता व्यक्तिहरुको पहिचान गरी कारबाही गर्न माग गरिएको हो।

सामाजिक सञ्जालको प्रयोग गरी आमलगानीकर्तालाई भ्रमित पार्ने, सक्कली वा नक्कली नामबाट खोलिएका आईडीबाट गलत कुरा प्रबाह गरी लगानीकर्ताको स्वतन्त्र निर्णय गर्ने अधिकार र समग्र पुँजीबजारलाई समेत बाधा पुगेको उजुरीमा उल्लेख छ। ‘त्यसैले प्रचलित नियम–कानुन र धितोपत्र बोर्डको क्षेत्राधिकार प्रयोग गरी तत्काल कडा कारबाहीका लागि यो निवेदन पेस गरेको छु’, उजुरीमा माग गरिएको छ।

Esewa
Crest

उजुरीमा सामाजिक सञ्जाल फेसबुक, भाइबर, ह्वाट्सएप, क्लबहाउसलगायतबाट शेयर बजारको सूचक यतिले घट्छ र यतिले बढ्छ भनी अफवाह फैलाउने, कुनै कम्पनीको शेयर भाउ नै तोकेर यति पुर्याउँछु र उति पुर्याउँछु भनी लेखेर वा बोलेर लगानीकर्ताहरुलाई म्यानुपुलेसन गरी खरिद वा बिक्री गर्न उक्साउनेहरु पहिचान गरी तत्काल कारबाही गर्न माग गरिएको छ। फेक आईडी बनाएर शेयर बजारका बारेमा अफवाह फैलाउने, किन्न वा बिक्री गर्न उक्साउनेहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र साइबर ब्युरोको सहयोग लिएर पहिचान गरी प्रचलित कानुनअनुसार कारबाहीको दायरामा ल्याउन पनि उजुरीमा माग गरिएको छ।

उजुरीमा कुनै कम्पनीको गोप्य सूचनामा आधारित भई लगानीकर्तालाई उक्साउने र भड्काउनेहरु पहिचान गरी कारबाही गर्न माग गरिएको छ। ‘त्यस बोर्डबाट कोही कसैलाई शेयर बजारको सूचक र कुनै कम्पनी बारेमा टेक्निकल र फण्डामेन्टल विश्लेषण प्रस्तुत गर्न अनुमति दिइएको भए सो समेत सार्वजनिक रुपमा जानकारी गराई पाउँ’, उजुरीमा उल्लेख छ।

त्यस बोर्डबाट अनुमति नलिई कोही कसैले सूचक तथा कम्पनीको शेयर मूल्यमा प्रभाव पार्ने गरी कुनै अफवाह फैलाएकोमा त्यसबाट पुँजीबजार तथा लगानीकर्तालाई भएको क्षतिसमेत भराउन उजुरीमा माग गरिएको छ। ‘लगानीकर्ताबाट शुल्क लिएर सामाजिक सञ्जालमा समूह बनाई कारोबार समयमा शेयर किनबेच गर्ने, गराउनेहरु पहिचान गरी निजहरुमाथि कडा कारबाही गरिपाउँ’, उजुरीमा भनिएको छ, ‘यससँग सम्बन्धित प्रमाण म निवेदकसँग सुरक्षित रहेको जानकारी गराउँछु ।’

धितोपत्रसम्बन्धी ऐन २०६३ को दफा ९१ देखि दफा १०० सम्मको कसुर गर्नेहरु पहिचान गरी तत्काल कारबाहीको दायरामा ल्याउने र सर्वसाधारण लगानीकर्ताको हित सुरक्षा गर्ने दायित्व नेपाल धितोपत्र बोर्डको हो कि हैन ? सो समेत सार्वजनिक रुपमा स्पष्ट पार्न उजुरीमा माग गरिएको छ। प्रस्तुत मागबमोजिम त्यस बोर्डबाट कुनै कारबाही नभएमा प्रचलित कानुनअनुसार अन्य निकायमा उजुरी गर्न बाध्य हुने उजुरीमा चेतावनी दिइएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS