IME Life New

सामसङद्वारा नेपालमा ठूलो क्षमताको २ नयाँ बिस्पोक एआई वाशिङ मेसिन सार्वजनिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सामसङ नेपालले १२ केजीसम्मको क्षमता, एआई–वाश, र ऊर्जा बचत गर्दै कपडा सुरक्षित राख्ने एआई इकोबल जस्ता अत्याधुनिक सुविधाहरू रहेको आफ्नो नयाँ बिस्पोक वाशिङ मेसिन नेपाली बजारमा उपलब्ध गराएको छ।

स्मार्टथिंगस् एपद्वारा स्मार्टफोनको मार्फत् टाढाबाटै नियन्त्रण गर्न सकिने सामसबको नयाँ वाशिङ मेसिनले लुगा धुने प्रक्रिया सजिलो बनाउने कम्पनीको दाबी छ। यसका साथै, धुलाईको किसिमलाई बुझी एआई पर्सन्लाइजेसन सुविधाले तपाईँको लागि उपयुक्त धुलाई साइकल पनि सुझाउने कम्पनीले बताएको छ। यसमा भएको स्पेसम्याक्स टेक्नोलोजीले सानो साइजको यो मेसिनलाई तपाईँको घरमा सजिलै फिट हुने बनाउँछ र १२ केजीसम्मको लुगाको लोड सजिलै धुन सक्ने कम्पनीले जनाएको छ।

Esewa
Crest

यो इनोभेटिभ डिजाइनले भित्री ड्रमलाई विधि गरी गहिराईलाई ६०० एमएममा राखेर, कुनै पनि ठाउँमा सहजै रूपमा फिट हुने सुनिश्चित गर्दछ। यो नयाँ वाशिङ मेसिनले स्लीक डिजाइन, सजिलो इन्टरफेस र लुगाको सफाईलाई प्राथमिकता दिने कम्पनीको भनाइ छ। कम्पनीका अनुसार दक्षता, दिगोपन, र राम्रो अनुभवमा केन्द्रित भएर, यो मेसिनले नेपालमा लन्ड्री गर्ने नयाँ तरिका प्रस्तुत गरेको छ।

१२केजी लाइन–अप दुइवटा फरक मोडलहरूमा डायल कन्ट्रोल भएको WW12DG5B24AXIM र एलईडी डिस्प्ले भएको WW12DG6B24ABIM मा उपलब्ध रहेको छ। यी दुवै मोडलहरूको मूल्य क्रमशः एक लाख १४ हजार ९९० रूपैयाँ र एक लाख २० हजार ९९० रूपैयाँ रहेको छ। यस वाशिंग मशिनलाई सामसङ कन्ज्युमर इलेक्ट्रोनिक्सको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्राइभेट लिमिटेड र आधिकारिक पुनर्विक्रेता त्रिवेणी व्यापार प्राइभेट लिमिटेडका डिलर नेटवर्कद्वारा नेपालभरी उपलब्ध गराइएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS