IME Life New

साप्ताहिक बीमा समीक्षाः यस साता जीवन तथा निर्जीवन बीमा क्षेत्रमा के के गतिविधि भए ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । यस साता बीमा क्षेत्रमा विभिन्न गतिविधिहरु भए । कोरोना जोखिम तिव्र रुपमा बढेको कारणले यस साताबाट बीमा समितिले बीमा कम्पनीहरुलाई प्रति कम्पनी १५ वटाका दरले पास वितरण गरी कम्पनी संचालन गर्न भनेको छ । त्यस्तै, कम्पनी सचिव नियुक्त, दाबी भुक्तानी, केही कम्पनीहरुको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, लगायतका समाचारले जीवन बीमा क्षेत्रमा प्रथामिकता पाए । त्यसैगरी निर्जीीवन बीमा क्षेत्रमा नयाँ सिइओ नियुक्त, साधारण सभाको मिति तय र तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक जस्ता समाचारले प्रथाकिता पाए ।

जीवन बीमा क्षेत्रमा भएका गतिविधि
यस साता जीवन बीमा क्षेत्रमा विभिन्न गतिविधिहरु भए । यस साता नेपाल लाइफले मृतकको परिवारलाई ११ लाख ९५ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी दिनुका साथै कम्पनी सचिवमा बिनोद भुजेललाई नियुक्त गरेको छ । त्यस्तै, यसै साता नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृतमा सुरेश प्रसाद खत्रीलाई नियुक्ती गर्ने प्रस्ताव गरे सँगै स्वीकृतिका लागि बीमा समितिमा पठाएको छ ।  त्यस्तै, सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले म्यादी बीमितको परिवारलाई १ लाखको चेक हस्तान्तरण गरेको छ भने मेट लाइफले कोभिड केयर सहायता कार्यक्रम शुरु गरी ३ कार्यदिनमै बीमा भुक्तानी प्रदान गर्ने बताएको छ ।

Crest

यसै साता युनियन लाइफले तेस्रो वार्षिक साधारणसभा जेठ ११ गते आव्हान गरेको छ । भने साभामा स्वतन्त्र विज्ञ संचालक नियुक्ति लगायतका प्रस्ताव पेश हुँदैछ भने कम्पनीले व्यतित बीमालेख नविकरणमा शतप्रतिशत ब्याज छुट दिने तथा न्युनतम संख्यामा कर्मचारीहरु राखी कार्य गर्ने र प्रिमियम अनलाइन मार्फत तिर्न सकिने व्यवस्था मिलाएको जनाएको छ ।

त्यसैगरी, यस साता रिलायबल लाइफले कोभिड–१९ को बिषयमा डाक्टरसँग प्रत्यक्ष परार्मश कार्यक्रम संचालन गर्ने, एशियन लाइफले एनसीएचएलसँग सम्झौता गरेको र सूर्या लाइफ इन्स्योरेन्सको ५ प्रतिशत बोनस सुचिकृत भएको समाचारले स्थान पाए ।

४ कम्पनीले प्रकाशन गरे वित्तीय विवरण
यस साता आईएमइ लाइफ, प्रभु लाइफ,प्राइम लाइफ रयूनियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासो वित्तीय विवरण प्रकाशन गरेका छन् । कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार अधिकांश सुचक बढेको देखिएको छ ।

आइएमई लाइफको कुल बीमा शुल्क आर्जन ११५ प्रतिशतले वृद्धि भएको छ भने नाफा १० करोड रुपैयाँ नाघेको, प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले ३ अर्ब ७ करोड ६६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ भने २२ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल, युनियन लाइफको खुद बीमाशुल्क ५९ प्रतिशत बढ्यो भने १ अर्ब ४५ करोड रुपैयाँ बीमा दाबी भुक्तानी, प्रभु लाइफको खुद बीमा शुल्क आर्जन दोब्बरले बढ्यो भने बीमा कोषमा १ अर्ब ७६ करोड रुपैयाँ लगायतका समाचारले यस साता जीवन बीमा क्षेत्रमा प्राथमिकता पाए ।

निर्जीवन बीमा क्षेत्रमा भएका गतिविधि
निर्जीवन बीमा क्षेत्रमा पनि यस साता विविध गतिविधि भए । यस साता जनरल इन्स्योरेन्सद्वारा लुम्बिनी प्रदेश ट्राफिक प्रहरीलाई मास्क तथा सेनिटाईजर हस्तान्तरणका साथै, जनरल इन्स्योरेन्स कम्पनीको बार्षिक साधारणसभा स्थगित,यूनाइटेड इन्स्योरेन्सको सिइओमा उपासना पौडेल, एभरेष्ट इन्स्योरेन्सको साधारण सभा जेठ १० गते, हिमालयन जनरलको वार्षिक साधारणसभा जेठ २८ गते लगायतका समाचारले विषेश स्थान पाए ।

सात कम्पनीले प्रकाशन गरे वित्तीय विवरण
यस सातामा ७ निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेका छन् । कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार सानिमा जनरल इन्स्योरेन्सको नाफा १०० प्रतिशतले बृद्धि भएको छ भने खुद बीमा शुल्क आर्जन ४६ करोड ४६ लाख रुपैयाँ रहेको, प्रिमियर इन्स्योरेन्सको नाफा ५२ प्रतिशले बढेको छ, खुद बीमा शुल्क आर्जन ५९ करोडमाथि, सिद्धार्थ इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन २१ प्रतिशतले बढ्यो भने नाफामा सामान्य सुधार, हिमालयन जनरल इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन १७ प्रतिशतले बढ्यो भने नाफा घटेको र सगरमाथा इन्स्योरेन्सको खुद नाफा ६४ प्रतिशतले बढेको, प्रुडेन्सियल इन्स्योरेन्सको नाफा ४० प्रतिशतले बढेको छ भने खुद बीमा शुल्क आर्जन ४८ करोड ४५ लाख, यूनाइटेड इन्स्योरेन्सको खुद नाफा ३३४ प्रतिशतले बढेको लगायतका समाचार यस साता निर्जीवन बीमा क्षेत्रको हेडलाइन बने ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS