IME Life New

सानै उमेरमा यस कारण फुल्छ कपाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


बुढ्यौली लाग्दै गएपछि कपाल फुल्नु सामान्य हो तर आजकल धेरै मानिसलाई सानै उमेरमा कपाल सेतो हुने समस्याले सताउँछ ।

पोषणविद् डा संगीता मालूका अनुसार, शरीरमा आवश्यक भिटामिन र खनिजको कमीका कारण वा उमेर बढ्दै जाँदा एक विशेष पिग्मेन्टमा कमी आउँछ र कपाल फुल्न थाल्छ ।

Esewa
Crest

यो पिग्मेन्ट के हो र यो किन कम हुन्छ ? अनि कपाल कालो पार्ने उपाय के हो ? विज्ञले बताउनुहुनेछ ।

कपालको जरामा भएका कोशिकाहरूमा भएका मेलेनिन नामक पिग्मेन्टमा कमी आएपछि कपाल सेतो हुन थाल्छ । मेलेनिनले कपाललाई कालो राख्छ । वातावरण प्रदूषण तथा तनावका कारणले मेलेनिन घट्छ ।

कपाल कालो बनाउनुछ भने सातवटा करी पात सर्स्युँको तेलमा हालेर तताउनुस् । अनि अलिक सेलाएपछि त्यो तेलले टाउको मालिश गर्नुस् ।

बराबर मात्रामा भृंगराज र अश्वगन्धाको धूलो नरिवलको तेलमा मिसाउनुस् । राति सुत्नुभन्दा दश मिनेटअगाडि यसले टाउकोमा मालिश गर्नुस् । यो उपाय एक हप्तासम्म प्रयोग गर्नुस् ।

कपालको जरामा गाईको घिउ हप्ताको तीनचोटि दल्नुस् । घिउ दलेको १५ मिनेटपछि श्याम्पू लगाउनुस् । कपाल छिट्टै कालो हुन थाल्छ ।

जैतूनको तेल हल्का तताउनुस् अनि त्यसमा कपूर हालेर कपालको मालिश गर्नुस् । पन्ध्र मिनेटपछि श्याम्पू दल्नुस् ।

आधी कचौरा दहीमा एक चम्चा नून र मरिचको धूलो हालेर कपाल मालिश गर्नुस् । पन्ध्र मिनेटपछि श्याम्पू लगाउनुस् ।

कागतीको रसमा अमलाको धूलो हालेर कपालको जरामा मालिश गर्नुस् । पन्ध्र मिनेटपछि श्याम्पू गर्नुस् । हप्तामा दुईचोटि  यसो गर्नुस् ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS