IME Life New

सानिमा लाइफ इन्स्योरेन्समा ठुलो संख्यामा रोजगारीको अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

जीवन बीमा कम्पनी सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले १२ वटा पदको लागि १५२ जना कर्मचारी माग गरेको छ। कम्पनीले नयाँ शाखाको लागि २७ जना शाखा प्रमुख माग गरेको छ। जनशक्तिको पूर्ति संगै कम्पनी आक्रामक बजारीकरणमा लाग्ने बुझीएको छ।

 

Esewa
Crest

शाखा प्रमुखको लागि न्युनतम स्नातक गरेको हुनुपर्छ भने मार्केटिङमा स्नातकोत्तर गरि २ वर्षको कार्य अनुभव भएकालार्इ विशेष प्राथमिकता दिने कम्पनीले जनाएको छ। त्यस्तै एक जना संस्थागत रुपमा बिक्री प्रवन्धक माग गरिएको छ। जसको लागि स्नातकोत्तर गरि जीवन बीमा कम्पनीमा कम्तिमा पनि एक वर्ष काम गरेको हुनु पर्नेछ।

 

त्यस्तै कम्पनीले २१ जना बिजनेस डेभलपमेन्ट अफिसरको लागि विज्ञापन गरेको छ। यसको लागि कम्तिमा स्नातक गरेको तर मार्केटिङमा स्नातकोत्तर गरि १ वर्षको अनुभव भएकालार्इ विशेष प्राथमिकता दिने कम्पनीले जनाएको छ।

विज्ञको रुपमा एक जना बिजनेस डेभलपमेन्ट अफिसर माग गरिएको छ। यसको लागि पनि कम्तिमा स्नातक गरेको तर मार्केटिङमा स्नातकोत्तर गरि १ वर्षको अनुभव भएकालार्इ विशेष प्राथमिकता दिनेछ।

अफिसर तहको एक जना माइक्रो इन्स्योरेन्स हेर्ने कर्मचारी माग गरिएको छ, बीमा कम्पनीहरुले आफ्नो कुल बीमाको १० प्रतिशत माइक्रो इन्स्योरेन्स गर्नुपर्ने बाध्यकारी नियम छ, अब सानिमा लाइफ इन्स्योरेन्स माइक्रो इन्स्योरेन्समा पनि आक्रामक हुने देखिन्छ। यसको लागि कम्तिमा स्नातक गरि एक वर्षको अनुभव हुनु पर्नेछ। इच्छुक व्यक्तिले भदौ १५ गतेसम्ममा आवदेन दिनु पर्नेछ।

बिस्तृतमा हेर्न यहाँ क्लिक गर्नुहोला ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS