IME Life New

सानिमा ग्रुपले सञ्चालन गरेको अकामा होटलको ऋण भार घट्यो, नाफा कमाउन अझै केही वर्ष लाग्ने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा ग्रुपले धुम्बाराहीमा सञ्चालन गरेको पाँच तारे स्टरको होटल, अकामाको बैंक कर्जाको भार घटेको छ। होटलको संस्थापक शेयरधनीले शेयर पूँजी थपेर बैंक कर्जाको भार घटाएका हुन्।

रेटिङ एजेन्सी केयर रेटिङ नेपालका अनुसार संस्थापक शेयरधनीले शेयर पूँजी थपेर चुक्ता पूँजी ९३ करोड रूपैयाँबाट १ अर्ब २७ करोड ५० लाख रूपैयाँ पुर्‍याएका छन् । संस्थापक शेयरधनीले २०८० को चैत्र महिनामा थप पूँजी लगानी गरेका हुन् । थपिएको चुक्ता पूँजीमध्ये १९ करोड रूपैयाँ अल्पकालीन बैंक कर्जा भुक्तानीका लागि प्रयोग गरिएको थियो । यसबाहेक दीर्घकालीन कर्जाको रकम १ अर्ब २९ करोड ५० लाख रूपैयाँबाट १ अर्ब १० करोड ५० लाख रूपैयाँमा झरेको छ।

Crest
पाँचतारे होटल अकामा धुम्बाराही । तस्वीरः होटल अकामा।

विभिन्न व्यवसायीक क्षेत्रमा अनुभवी रहेका संस्थापक शेयरधनीको बलियो वित्तीय पृष्ठभूमी र सुधारोन्मुख व्यापारको आधारमा रेटिङ एजेन्सीले यसको साबिकको क्रेडिट रेटिङ(कर्जा प्रयोजनका लागि गरिएको वित्तीय सबलता मूल्याङ्कन) लाई  पुनः समर्थन गरेको छ। यो होटलले दीर्घकालीन कर्जा सुविधाका लागि डब्बल बी माइनस रेटिङ पाएको थियो । यस्तो रेटिङले पूर्व निर्धारित समयमै वित्तीय दायीत्व पुरा गर्ने सवालमा मध्यमस्तरको सुरक्षाको प्रत्याभूतिको संकेत गर्छ।

होटलले गत आर्थिक वर्ष २०८०।८१ मा व्यापारलाई १९.७७ प्रतिशतले बढाएको छ। अघिल्लो आव २०७९।८० मा जम्मा १७ करोड ७० लाख रूपैयाँ आम्दानी गरेकोमा गत आवमा कुल २१ करोड २० लाख रूपैयाँ आम्दानी गरेको छ। रेटिङ एजेन्सीका अनुसार गत आवमा ७५ प्रतिशतले व्यापार बढेको थियो । यसको व्यापारको ठूलो हिस्सा(६१ प्रतिशत) सभा समारोहबाट र ३६ प्रतिशत शयन कक्ष बहालमा लगाएर प्राप्त भएको छ।

कारोबार आम्दानी बढेपनि होटल अझैसम्म पनि घाटामा छ। उच्च सञ्चालन लागत र ब्याज खर्चको भारका कारण होटल घाटामा रहेको रेटिङ एजेन्सीले उल्लेख गरेको छ। एजेन्सीका अनुसार होटलजस्ता ठूला पूर्वाधारमा ठूलो लगानी हुने भएकाले शुरूवाती वर्षहरूमा पर्याप्त व्यापार नहुँदा घाटा हुने गरेको छ।

नाै रोपनी क्षेत्रफलमा फैलिएको यो होटलमा कुल १०८ वटा शयन कक्ष रहेको छ। होटल व्यवस्थापनले २०८० माघ १८ गते अन्तर्राष्ट्रिय ‘रमादा’ ब्राण्डमा होटल सञ्चालनका लागि अन्तर्राष्ट्रिय होटल चेन समूह विनधाम होटल एण्ड रिसोर्टसँग समझदारी पत्रमा हस्ताक्षर समेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

0%

अचम्मित

33%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS