IME Life New

सानिमा ग्रुपको लगानी रहेको होटल अकामाले आइपिओका लागि पायो रेटिङ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा समूहको लगानी रहेको पाँच तारे होटल अकामाले साधारण शेयर जारी गर्नका लागि केयर एनपि डब्बल बी माइनस क्रेडिट रेटिङ पाएको छ। होटलले प्रति शेयर ५० रूपैयाँका दरले शेयर निष्काशन गर्ने घोषणा गरेको थियो ।

केयर रेटिङ नेपालका अनुसार कम्पनीको होटलले चालू आर्थिक वर्ष २०८०।८१ को पहिलो एघार महिनामा १९ करोड ६० लाख रूपैयाँ बराबरको कारोबार गरेको छ। यो गत आ.व. २०७९।८० को तुलनामा ३० प्रतिशतले वृद्धि हो । रेटिङका अनुसार गत आवमा होटलको कुल सञ्चालन आय ७५ प्रतिशतले वृद्धि भएर १७ करोड ७० लाख रूपैयाँ बराबरको कारोबार गरेको थियो । यो आयमध्ये ६१ प्रतिशत सभा समारोह र ३६ प्रतिशत आवासीय ग्राहकबाट प्राप्त भएको थियो ।

Esewa
Crest

होटलको कारोबार आम्दानी बढे पनि उच्च ब्याज खर्चका कारण अझै पनि घाटामा छ । अघिल्लो आर्थिक वर्ष २०७८।७९ मा ह्रासकट्टी र कर अघिको मुनाफामा १०.३३ प्रतिशत रहेकोमा गत आवमा २५.०२ प्रतिशत पुगेको थियो । तर, उच्च ब्याज खर्चका कारण कम्पनीले खुद घाटा बेहोरेको छ । गत आर्थिक वर्षको तुलनामा होटलमा आवासीय ग्राहक आगमनमा ४७ प्रतिशतले वृद्धि भएको छ ।

१ अर्ब १० करोड करोड ५० लाख रूपैयाँ ऋण रहेको यो होटलको साँवा भुक्तानी तालिका अझैसम्म शुरू भएको छैन। केयर रेटिङका अनुसार सन् २०२७ देखि मात्र कर्जाको साँवा चुक्ता गर्ने तालिका शुरू हुनेछ ।

कर्जाको ब्याज खर्च र सीमित आम्दानीका कारण घाटा बढेपछि यसको सञ्चालकले शेयर पूँजी थपेर ९३ करोड बाट १ अर्ब २७ करोड ५० लाख रूपैयाँ पुर्याएका छन् । शेयर पूँजीको पैसा ऋणको केही अंश भुक्तानी गर्न उपयोग गरिएको थियो । होटलले १ अर्ब २९ करोड ५० लाख रूपैयाँ दीर्घकालीन कर्जाबाट साँवाको केही हिस्सा चुक्ता गरेर अहिले १ अर्ब १० करोड ५० लाख रूपैयाँमा कर्जा रकम झारेको छ । यसबाट होटलको ब्याज खर्चको दबाब केही घटेको छ ।

सन् २०१९ देखि सञ्चालनमा आएको यो होटल शुरूवातदेखि नै घाटा व्यहोरि रहेको छ । २ अर्ब ६० करोड रूपैयाँभन्दा बढी लगानी रहेको होटलको प्रतिफल प्राप्तीको समय ढिलो गरी शुरू हुने भएकाले शुरूवाती वर्षहरूमा घाटाको वासलात देखिनु स्वाभाविक भएको रेटिङ एजेन्सीले उल्लेख गरेको छ । केयर रेटिङका अनुसार घाटा दर क्रमशः घट्दै गएपनि चालू आर्थिक वर्षमा पनि यो होटल घाटामै रहनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

80%
excited

उत्साहित

20%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS